खोज–अनुसन्धान

एमाले फर्कने तयारी स्वरुप बामदेवले भने सदस्यतता नविकरण गराउछु




कपिलवस्तु २५ जेठ । राष्ट्रिय सभाका सांसद एवं एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेकपा एमाले मा प्रवेश गर्न तयार भएका छन् ।पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्बन गर्ने एमालेले निर्णय गरेलगत्तै उनले बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् ।तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने गौतमको शर्त छ । विगतमा आफूलाई रोक्नकै लागि सो प्रस्ताव ल्याइएको गौतमको बुझाई छ ।
उनले एमाले ओलीसँग भएकाले ओलीले नै आफूलाई पार्टीमा आउन भन्नुपर्ने तर्क गरे । एमाले आफूले निर्माण गरेको पार्टी रहेको भन्दै गौतमले एमालेप्रति माया लाग्ने बताए । उनले आफ्नो पार्टी सदस्यता पनि एमालेमै रहेको बताए । उनले केही दिन भित्र पार्टी सदस्यता नविकरण गर्ने समेत बताए । गौतमले आफू एमालेमा अध्यक्ष वा महासचिव बन्नका लागि जान नलागेको पनि बताए ।
‘यदि उहाँहरुले मलाई खबर गर्नुभयो । तपाईलाई अहिले पनि निलम्वन भएको छ । आगामी महाधिवेशनसम्म निलम्वन भइरहन्छ । तपाई आउनुपर्यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरु छन् । त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं । यही अवस्थामा जान्छौं । अरु केही पर्दैन अब’, उनले भने, ‘उहाँहरुले मलाई नै रोक्नका निम्ति त्यो उमेर हद ल्याउनुभएको हो । मैले त्यसबेला के भनेको थिए भने ७० वर्ष यहाँ भएका सबै पुग्नुहुन्छ एक दिन । एउटा ७० वर्ष पुग्नुअघि अध्यक्ष भइहाल्यो भने अरु बाँकी रहेका ७र८ जना ७० वर्ष पुगिहाल्छ ।’

प्रकाशित : २५ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६