खोज–अनुसन्धान

एमालेमा तीनै तहका जनप्रतिनिधिलाई पार्टी कमिटीका कार्यकारी पदको जिम्मेवारीमा नराख्ने



काठमाडौं ३१ असार । नेकपा एमालेले तीनै तहका जनप्रतिनिधिलाई पार्टी कमिटीका कार्यकारी पदको जिम्मेवारीमा नराख्ने भएको छ । केन्द्रीय सचिवालयको शनिबारको बैठकले यसबारे टुंगो लगाएको र अन्तरपार्टी निर्देशनमा विस्तृत जानकारी आउने एक नेताले बताए ।एमालेका प्रदेश र जिल्ला अधिवेशनहरुको मिति तोकिएकै बेला पार्टी सचिवालयले संघीय र प्रदेश सांसदका साथै नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाका अध्यक्ष(उपाध्यक्ष कार्यकारी पदमा उम्मेदवार बन्न नपाउने निर्णय गरेको हो ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार स्थानीय तहका जनप्रतिनिधिले पार्टीको कार्यकारी जिम्मेवारीसमेत लिँदा काममा चाप पर्ने र समय दिन नसकिने भएकाले अध्यक्ष र सचिव सहित्का पदाधिकारी जस्ता पदमा उम्मेदवार बन्न रोक लगाइएको हो ।अन्य पदमा भने जनप्रतिनिधि उम्मेदवार बन्न नरोक्ने एमालेले जनाएको छ । दोहोरो जिम्मेवारीका कारण जनता र पार्टीको काममा बाधा पर्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो ।
अब अधिवेशन हुँदा वडाध्यक्षदेखि सांसदसम्मका जनप्रतिनिधि सम्बन्धित कमिटीका प्रमुख कार्यकारी पदमा उम्मेदवार नबन्ने व्यवस्था गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रकाशित : ३१ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६