देश

मध्यरातमा बाढी आएपछि भागाभाग, आवास क्षेत्रमा क्षति



पशुपति गिरी, कपिलवस्तु ९ साउन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका वडा नं.८ पुलचोकदेखि भित्र दुर्गा मन्दिर नजिकैक्षेत्रमा मंगलवार बिहान बाढी पसेको छ । सोमबार रातिदेखि परेको बर्षापछि वाणगंगा खोला बढेर बाढी आउन थालेपछि त्यस क्षेत्रमा रहेको २०।२५ घर समुदायको सुकुम्बासी बस्ती जोखिममा परेको छ ।सोमबार राति ठूलो पानी परेपछि विहान ३ बजे पुलचोकदेखि भित्र दुर्गा मन्दिर तल बाणगंगा नदी नजिकैको सुकुम्बासी बस्तीमा पस्यो। बाढी पसेपछि करिब २५ घर रहेको बस्तीका सबै घर जलमग्न भए।

बाढी पसेर घरभित्र बस्न नसक्ने भएपछि सकुम्बासी बस्तीका सबै जना रातभरी घर बाहिर निस्केर जाग्राम बसे। मंगलबार बिहान बस्तीमा पुग्दा मानिसहरु घरभित्रबाट पानी र फोहोरहरु निकाल्दै थिए। कोही आफ्नो घरभित्र रहेका सामानहरु सुरक्षित ठाउँमा सारेर घर सफा गर्दै थिए।बाढीले क्षति पुर्‍याएका स्थानमा कयौंको घरमा भएको अन्नपात बाढीमै बग्यो भने कयौंको बाढीले भिजेर पूर्ण रूपमा नष्ट भयो। त्यहाकी बाढी पिडीत सिता नेपाली भन्छीन् ४ जनाको परिवार छ। घरमा खानको लागि केही छैन’, उनी भन्छीन, ‘के खाने, के लगाउने निकै समस्या छ। परिवार पाल्नुछ।श्रीमान पनि हुनुहुन्न घरमा भएको सबै अन्नपात बाढीले बगाएपछि खानको लागि घरमा केही नहुँदा नगरपालिकाले केहि राहात दिए हुन्थेयो भन्ने आसमा रहेकि उनी चाडपर्वको समयमा भएको विपत्तिले निकै अप्ठ्यारोमा पारेको सुनाउँछिन्।


सोही ठाउँकी सिता भाट क्षेत्री पनि बाढीका कारण घरको अन्नपात बग्यो। खेतमा लगाएको धानबाली नष्ट भयो। शरीरमा लगाएको एक जोर लुगा भन्दा केही पनि बचाउन नसकेकी सिता भाट क्षेत्रीलाई पनि खानको निकै समस्या भएको छ। नगरपालिकाले दिएको राहतले एक दुई छाक टार्न भ्याए पनि अरु दिनको जोहो कसरी गर्ने भन्ने चिन्तामा उनी भन्छीन् ,। कार्यपालिका सदस्य सारदा परियारको घरमा पनि बाढी पसेर घरभित्र बस्न नसक्ने भएको छ अन्नपात बाढीले भिजेर पूर्ण रूपमा नष्ट भएको उहा बताउनुहुन्छ । त्यहाँका स्थानिय बासिहरु भन्छन् ,नगरपालिकले हामीहरुलाई राहत भन्दा पनि यस खोला नदीको क्षेत्रलाई तटबन्दी गरिदिएर बाढी पस्न रोकिदिए धेरै खुशी हुने थियौ ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६