अन्तर्राष्ट्रिय

एनआरएनए उपाध्यक्षमा कपिलवस्तुका रोहित उम्मेदवार




भगवती न्यौपाने
कपिलवस्तु १२ साउन
कपिलवस्तु जिल्ला स्थित वाणगंगा नगरपालिका ८ मधुवनका पशुपति गौतम (रोहित) ले माल्टामा हुने एनआरएनएको चुनावमा उपाध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएको छ । आगामि कार्यकाल २०२३,।२०२५ का लागि २८ वर्षिय गौतमले उमेद्वारी दर्ता गराउनु भएको हो । बीगत लाम्रो वर्ष देखि माल्टा मा कामको सिलसिलामा बसोबास गर्दै आउनु भएका उहाँले माल्टा बासी अग्रजहरुको सुझाव युवाहरुको भरोसा बिस्वास अनि नेपाली को सुख दुःखमा साथ दिदै आएको बताउनु भयो । आफुलाई अबल तुल्याउने गौतमले यस अघिका अनुभव र कार्यक्षमताको मुल्याङ गरिदिने माल्टाबासि नेपालीहरुमा अपिल समेत गर्नु भएको छ । गौतमले माल्टाबासी नेपालीहरुको हकहित स्थापित गरी नेपाली समुदायको पहिचान र माल्टामा आई पर्ने समस्यामा लागि पर्ने बताउदै चुनाव को बेलामा यो गर्छु त्यो गर्छु भनेर भन्दा पनि गरेर देखाउने उहाँले बिस्वास व्यक्त गर्नु भयो ।

गौतमले बुद्धखबर सँग कुरा गर्दै आफुले चुनाव जित्नेमा ढुक्क रहेको बताउनु भएको छ । सामाजिक सञ्जालबाट समेत आफुलाई अमुल्य मत दिई बिजय गराउन समेत उहाँले अनुरोध गर्नुभयो । यस भन्दा अगाडी गौतमले २०२१,।२०२३ मा युवा उपाध्यक्षमामा बसेर काम गर्नु भएको छ । चुनाव जुलाईमा हुदै छ । विभिन्न सामजिक संस्थाहरुमा काम गर्दै आउनु भएका रोहित अर्घाखाची कपिलवस्तु समाजको सल्लाकार पनि हुनुहुन्छ ।हाम्रो पनि उहाँलाई शुभकामना छ ।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६