अर्थ-वाणिज्य

सरकारी कर्मचारी सबैभन्दा बढी सुशासित र आचरणसिल हुनुपर्छ : संचारमन्त्री शर्मा



प्युठान ३२ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सबै तहका कर्मचारीले राज्य सञ्चालनमा समान दायित्व महसुस गरेर सेवा प्रवाहको काम गर्नुपर्ने बताउनुभएको छ । सरकारले सुशासनलाई प्राथमिकतामा राखेको र सुशासन सेवा प्रवाहबाट नै सम्भव हुनेभएकाले सबै तहका कर्मचारीले समान दायित्वका साथ काम गर्नुपर्ने उहाँले बताउनुभयो । प्युठानको सदरमुकाम खलंगामा आयोजित सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीसँगको भेटघाटमा उहाँले सुशासनको सवाल एउटा निकायले मात्र गरेर नहुने बताउनुभयो । आम सेवाग्राही माथिल्लो तहका पदाधिकारी र कर्मचारीसँग सम्पर्क नहुने भएकाले पनि सबैभन्दा तल्लो तहमा रहेका कर्मचारीले जति राम्रो सेवा प्रवाह गर्छन्, जनताले त्यति नै राम्रो सेवा प्राप्त गर्ने र सुशासन कायम हुने पनि उहाँले स्पष्ट गर्नुभयो ।

नेपालमा सरकारले धेरै गर्न खोजे पनि राजनीतिक र प्रशासनिक नेतृत्वबीच पूर्ण समझदारी नहुँदा अपेक्षित नतिजा प्राप्त नहुने उल्लेख गर्दै उहाँलाई यो असझदारी हटाउनैपर्ने बताउनुभयो । ‘त्यसका लागि हामीले केन्द्रमा प्रधानमन्त्री, मन्त्रीदेखि मुख्य सचिव सचिवसम्म दोहोरो संवाद गर्ने सोंच बनाएका छौं, सरकार सञ्चालनका सवालमा हामीबाट कमजोरी भएका छन् भने पनि प्रशासनिक नेतृत्वले भनिदिनुपर्छ र प्रशासनिक नेतृत्वबाट हुने कमजोरी पनि राजनीतिक नेतृत्वले सच्याएर लैजानुपर्छ भन्ने लागेको छ’ मन्त्री शर्माले भन्नुभयो । शुसासन कायम गर्न र सेवा प्रवाहलाई चुस्त बनाउने कुरामा सरकारले प्राथमिक्ताका साथ काम गरिरहेको मन्त्री शर्माले सुनाउनुभयो । गल्ती गर्ने जोसुकैलाई पनि कानुनी कारबाही हुन्छ भन्ने सन्देश दिन सरकार सफल भएको स्पष्ट गर्दै भन्नुभयो, ‘सरकारले कानुन सबैका लागि बराबर हुन्छ भन्ने सन्देश दिएको छ।’ संविधान र कानुनको मातहतमा सबै रहेकाले गल्ती गर्ने जोसुकैलाई पनि नछाड्नेगरी सरकारले स्पष्ट रुपमा काम गरिरहेको उहाँले बताउनुभयो ।

प्रकाशित : ३२ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६