अर्थ-वाणिज्य

कोशीमा गठबन्धनलाई फेरी आपत : एमाले -राप्रपाका ९ सांसद विदामा



विराटनगर ३ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन सोमबारको प्रदेशसभा बैठकमा उपस्थित हुन नसक्ने भन्दै नेकपा एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरुले निवेदन दिएका छन् । कोशी प्रदेश संसद सचिवालय कार्यव्यवस्था शाखामा उनीहरुले घरायशी कारण देखाएर आज बेग्लाबेग्लै निवेदन दर्ता गराएका हुन् ।कोशी प्रदेशसभा सचिवालयका प्रवक्ता गौतमराज अमात्यले एमालेका सांसदहरु रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, खड्गबहादुर बस्नेत, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सवेदीले निवेदन दर्ता गराएको जानकारी दिए ।

उनीहरुमध्ये किशोरचन्द्र दुलाल भने अमेरिकामा छन् । अरु सबैले संसद सचिवालयमा उपिस्थित भइ निवेदन दर्ता गराएको अमात्यले बताए । यस्तै राप्रपाका अम्बरबहादुर बिष्ट र गोपालबहादुर विश्वकर्माले संसदमा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका हुन् । सत्ता गठबन्धनले गयानन्द मण्डललाई मन्त्री बनाएपछि एमाले र राप्रपाका सांसदहरु प्रदेशसभामा ज्येष्ठ सदस्यको लाइनमा छन् । उनीहरुपछि नेपाली कांग्रेसका अमृत अर्यालको पालो आउँछ । अर्यालभन्दा ज्येष्ठ सदस्य रहेका उद्धव थापा मुख्यमन्त्री र कमलप्रसाद जवेगु मन्त्री भएकाले उनीहरुले सभा चलाउनु पर्दैन ।साउन १६ गते मुख्यमन्त्री नियुक्त थापाले भोलि विश्वासको मत लिने कार्यसूची तोकिएको छ ।

प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा उपसभामुख सिर्जना दनुवार अनुपस्थित रहनसक्ने चर्चा चलिरहेको बेला एमाले र राप्रपाका ज्येष्ठ सदस्यहरु अनुपस्थित हुने भएका हुन् ।प्रदेशसभामा मुख्यमन्त्री थापालाई विश्वासको मत लिनबाट रोक्ने एमाले र राप्रपाको योजना छ । प्रदेशसभामा सभामुख र उपसभामुख नहुँदा ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्नुपर्ने हुन्छ । तर, उपसभामुखले राजीनामा नदिएको अवस्थामा भने अध्यक्ष मण्डलमा रहेका सदस्यहरुले बैठक सञ्चालन गर्ने व्यवस्था प्रदेशसभा नियमावलीमा छ ।तर, प्रदेशसभामा सभामुख र उपसभामुख चयन नभएको अवस्थामा भने ज्येष्ठ सदस्यले बैठक सञ्चालन गर्ने व्यवस्था छ ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६