गण्डकी

बागलुङ प्रहरी मृत घटनाः आमा छोरासँगै जेल चलान



बागलुङ, ०७ भदौ । बागलुङमा प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्याको आरोपित आमाछोरालाई पुर्पक्षका लागि जेल चलान गर्न जिल्ला अदालतले आदेश दिएको छ । बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको एक इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको हो ।

गत साउन ८ गते राति ११ बजे कुँवर आमा छोराले मिलेर भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेलको हत्या गरेको भन्दै मुद्दा दर्ता भएको थियो । खाजा खान होटलमा गएका पौडेल राति १ बजे होटलमै मृत फेला परेका थिए । होटलमा झगडा भएको भन्ने खबर प्राप्त भएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय भिमगिठेको टोलीले सई पौडेललाई मृत फेला पारेको थियो ।

हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर आमाछोरालाई गत साउन ९ गते पक्राउ गरेर अनुसन्धानका लागि जिल्लामा ल्याएको थियो । पौडेल रातिसम्म बसेपछि आशासँग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ । अदालतको आदेशपछि दुवैजना बुधबार नै बागलुङ जिल्ला कारागार चलान भएका छन् ।

प्रकाशित : ७ भाद्र २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६