खोज–अनुसन्धान

प्रमुख प्रशासकीय अधिकृत पाण्डेले सम्हाले बाणगङगाको जिम्मेवारी




कपिलवस्तु २६ असोज
कपिलवस्तुको बाणगंगा नगरपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा ईश्वरीप्रसाद पाण्डेले जिम्मेवारी सम्हाल्नुभएको छ। सोमबारदेखि कार्यालयमा उपस्थित हुनुभएका पाण्डेलाई नगरप्रमुख, चक्रपाणी अर्याल उपप्रमुख  रीता थारु नगर प्रवक्ता विष्णुप्रसाद पौडेल तथा कर्मचारीहरूले स्वागत गरेका छन्।स्वागतका क्रममा नगरप्रमुख  चक्र पाणी अर्यालले नगरपालिकाको समग्र विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि प्रशासनिक नेतृत्वको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले नगरपालिकाका योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न समन्वय र सहकार्य आवश्यक रहेको धारणा राख्नुभयो।त्यस्तै, उपप्रमुख चौधरीले विकास निर्माण, सुशासन र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले नगरपालिकाको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डेले नगरपालिकाको प्रशासनिक जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै नागरिकलाई सहज, सरल र गुणस्तरीय सेवा प्रदान गर्न प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।प्रमुख प्रशासकीय अधिकृतको आगमनसँगै नगरपालिकाको नियमित प्रशासनिक कामकाज थप व्यवस्थित हुने, सेवा प्रवाह प्रभावकारी बन्ने तथा विकास निर्माणका योजनाको कार्यान्वयनले गति लिने अपेक्षा गरिएको छनगरपालिकाका सूचना अधिकारी एवं वरिष्ठ प्रशासकीय अधिकृत केशवराज भट्टराईका अनुसार नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत पाण्डे यसअघि राष्ट्रपति कार्यालयमा कार्यरत हुनुहुन्थ्यो।

प्रकाशित : २६ आश्विन २०८३, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६