अर्थ-वाणिज्य

शिक्षकको तलब हिनामिना ५ लाख भन्दा वढि वार्षिक अनियमितता




पाल्पा ८ भदौ । तानसेन नगरपालिका–११ को गार्गी माध्यमिक विद्यालयमा चार वर्षदेखि शिक्षकको नाममा ५ लाख १२ हजार ६२० रुपियाँ वार्षिक अनियमितता भएको पाइएको छ । चार वर्षदेखि नगर शिक्षण अनुदानमा अध्यापन गराइरहेकी मिना भाट र सङ्घीय शिक्षण अनुदानमा अध्यापन गराइरहेकी पार्वती सुन्धौलीको नाममा विद्यालयका प्रधानाध्यापक यादव घिमिरे र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर घिमिरेको मिलेमतोमा अनियमितता भएको शिक्षकहरूको आरोप छ । नगर शिक्षा शाखामा बुझाउने भर्पाइमा भने वास्तविक तलबमा नै हस्ताक्षर गरेर पठाइएको छ । शिक्षक मिना भाट र पार्वती सुन्धौलीका अनुसार आफूहरूको बाँकी रकम १९ हजार ७३० र २२ हजार ९९० रुपियाँ विद्यालयको खातामा रहने भनेर हस्ताक्षर गर्न लगाइएको छ ।

यता पाल्पामा सार्वजनिक शिक्षा सुधार्न सरोकारवालाले १९ बुँदे प्रतिबद्धता जनाएका छन् । निःशुल्क र गुणस्तरीय माध्यमिक तहसम्मको शिक्षा, सार्वजनिक शिक्षामा युगानुकूल रुपान्तरण गर्ने उद्देश्यले आयोजित सार्वजनिक शिक्षा सुदृढीकरणका लागि सरोकारवालाबीच भएको छलफल तथा अन्तरक्रियापछि सहभागीले उक्त प्रतिबद्धता जनाएका हुन् ।जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाई पाल्पाले आयोजना गरेको कार्यक्रममा जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका साथै राजनीतिक दल, शिक्षाको क्षेत्रमा काम गर्ने संघसंस्थाहरुले प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।लुम्बिनी प्रदेशसभाका सभामुख, संघीय तथा प्रदेशसभाका सांसद, शिक्षक अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिलगायतले शिक्षाको गुणस्तर सुधार्ने प्रतिबद्धता जनाएको समन्वय प्रमुख टंकनाथ खनालले बताउनु भयो ।

प्रकाशित : ८ भाद्र २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६