अन्तर्राष्ट्रिय

सुन बोकेको गाडी एम्वुसमा पारेर लुटपाट : २ चिनिया सहित ४ को मुत्यू




एजेन्सी १७ भदौ । कंगोमा सुन ओसारपसार हुँदै गरेको गाडीमा आक्रमण हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुईजना चिनियाँ नागरिक, एक जना सैकिन र ड्राइभर रहेका छन्। फिची क्षेत्रमा रहेकव किम्बी नदी नजिकैको उत्खनन क्षेत्रबाट टीएसएम माइनिङको चारवटा गाडीमा सुन किभु प्रान्त लगिँदै थियो। त्यही बेला गुडिरहेको गाडीलाई एमबुसमा पारेर हतियारधारी समूहले आक्रमण गरेको हो।आक्रमणकारीहरुले गाडीमा रहेको सुनका ‘पार्सल्स’हरु चोरी गरेर लगेका छन्। सो आक्रमणमा परी ३ जना घाइते भएका छन्।आक्रमणकारीहरु फिचीको छिमेकी क्षेत्र मनिएमाबाट रहेको अनुमान गरिएको छ। कंगोको धेरै ‘माइनिङ फर्म’ मा चिनियाँ लगानी रहेको छ। यो क्षेत्रमा रहेको सुन खानीमा सशस्त्र समूहको निशानामा बारम्बर पर्ने गर्छ। जसकारण यहाँका स्थानीय, चिनियाँ अधिकारी र सशस्त्र समूहबीच समय समयमा विवाद बढ्ने गर्छ।

प्रकाशित : १७ भाद्र २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६