अन्तर्राष्ट्रिय

इजरायलमा १० नेपालीको मृत्यू भयो :दूतावास

घाइतेमादाङ र गोर्खाका




काठमाडौं २१असोज । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गरेकी हुन् ।उनका अनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवान–१, सुनसरीका राजेशकुमार स्वर्णकार यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका छन् ।
आक्रमणमा परि सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी, गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेल घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।राजदूत रिजालका अनुसार मृतक १० जनाको शव नेपाल पठाउने व्यवस्था मिलाइएको छ । बाँकी घाइते र बंकरमा रहेकाहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्ने प्रयासमा दूतावास रहेको उनले बताइन् ।

प्रकाशित : २१ आश्विन २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६