खोज–अनुसन्धान

रानिमहल जादै गरेको जिप दुर्घटना :६ जनाको मृत्यु



रूपन्देही ५ कार्तिक । पाल्पामा आज जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।रानीमहल जाँदै गरेको जिप बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।बागमति प्रदेश ७२०९ नम्बरको स्कारपियोमा ७ जना सवार रहेका थिए ।जीप कहाँका लागि छुटेको भन्ने अझै एकीन भइ नसकेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोँच रहेकाले उद्धारमा कठिनाइ भएको छ । पाल्पाका एसपी हेरम्ब शर्माका अनुसार बैकुण्ठ पहाडबाट सय मिटर भन्दा लामो छाँगो रहेको र उद्धार कठिनाइ भएको छ । दुई सय मिटर तल्लो भागबाट खोला भएर उद्धारका लागि पुग्नु पर्ने भएकाले कठिनाइ भएको हो ।दुर्घटनामा जीपका चालक भने घाइते भएको प्रहरीले जनाएको छ ।घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् ।

प्रकाशित : ५ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६