कपिलवस्तु ८ कार्तिक ।बिजया दशमीका अवसरमा कपिलवस्तुका बिभिन्न स्थानमा निकालीएको दुर्गा भगवतीको मुर्ति बिर्सजन गरिएका छ । बाजागाजा सहीत स्थानीय नदी नालमा दुर्गा भगवतीको मुर्ति बिर्सजन गरिएको हो। जिल्लाका १० पालिका अन्तर्गत बिभिन्न चोक बजार गाउमामा दशैको अवसरमा मुर्ति प्रर्दशन गरिएको थियो । नवरात्रका अवसरमा निकालिएका मुर्ति हरुको बिशेष हवन गरिएको थियो । जिल्ला प्रशासन कार्यालय अनुसार कपिलवस्तुका १० पालिकामा साढे ३ सय बढी दुर्गा भगवतीको मुर्ति बनाई राखिएको थियो । २० हजार देखि ६० हजार बढी मुल्यका मुर्तिहरु निकालिएका थिए । यी मूर्तिको मौद्रिक मूल्य करोडौको रहेको छ ।
केही घटस्थपनाका दिन र अधिकांसले सप्तमीका दिन पुजापाठ गरी निकालेका थिए । दुर्गामुर्तिलाई भक्तजनहरुले बाणगंगा नदीको रामघाट लक्ष्ममणघाट, सुरई बेल नदी तथा बिभिन्न नालामा भब्यरुपमा बिर्सजन गरेका थिए । नवमी, दशमी र एकादशी गरी ३ दिन मुति बिर्सजन गरिएको हो । नवरात्रमा दुर्गा भगवतीको ब्रत बसी पुजापाठ गर्नाले मनोकक्षां पुरा हुने धार्मिैक बिश्वास रही आएको छ । मुर्ति सेलाउने बिभिन्न स्थलहरुमा मेला समेत लागेको थियो । संभावित घटनालाई मध्यनजर गर्दै ठाउ ठाउमा प्रहरी परिचालन गरिएको थियो । कृष्णनगरमा मंगलवार नै सुरक्षा घेरा भित्र मुर्ति बिर्सजन गरिएको थियो ।
प्रजिअ शंकरहरि आचार्यले मुर्ति बिर्सजनका क्रममा हुन सक्ने संभावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताए । मुर्ति बिर्सजनकाक्रममा कही कतै अप्रिय घटना नभएको उनले बताए । तौलिहवा र त्यस आसपास निकालिएको झाकीलाई भक्तजनहरुले नगर परिक्रमा गराई रामघाटमा लगेर बिर्सजन गरेका थिए । बाजागाजा र नाचगान सहीत भक्तजनहरु रामघाट नदी पुगेका थिए ।
८ कार्तिक २०८०, बुधबार
प्रतिक्रिया