खोज–अनुसन्धान

१० दिनकी सुत्केरी पत्रकार सिताले गुमाइन ज्यान




नवलपरासी ९ कार्तिक ।छोरीलाई जन्म दिएको १० दिनपछि नवलपरासीकी पत्रकार सीता शर्माको निधन भएको छ । शर्माको ३२ वर्षको उमेरमा मंगलबार निधन भएको हो ।नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपरासीकी सदस्यसमेत रहेकी शर्माको १० दिनअघि काठमाडौं मेडिकल कलेज (केएमसी) मा डेलिभरी भएको थियो । ‘प्रेसर लो ’ सँगै अक्सिजन कम भएपछि उनलाई अस्पतालमै राखेर उपचार गरिएको थियो ।
अवस्था सामान्य भएपछि शर्मालाई काठमाडौंबाट रामग्राम नगरपालिका–१ परासीस्थित घरमा लगिएको थियो । मंगलबार दिउँसो फेरि ब्याथा च्यापेपछि बुटवल मुटु अस्पताल पु¥याइएकी शर्माको अस्पतालमै निधन भएको हो ।पहिलो सन्तानका रूपमा छोरीलाई जन्म दिएकी सीताको नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारले जनाएको छ । उनको छोरी १० दिनकी भइन् ।

प्रकाशित : ९ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६