अर्थ-वाणिज्य

अनलाइनवाट विधुत महशुल संकलनमा फड्को : दैनिक १० करोड भुक्तानी




कपिलवस्तु ९ कार्तिक । विद्युत महसुल भुक्तानीमा अनलाइनको प्रयोग बढेको छ। नेपाल विद्युत प्राधिकरणले ६ वर्षअघि अनलाइन भुक्तानी सेवा सुरु गरेकामा अहिले ३० प्रतिशत ग्राहकले यसको प्रयोग गरिरहेका छन्।अनलाइन बिलिङ प्रणालीबाट अहिले दैनिक १० करोड रुपैयाँ महसुल संकलन हुने गरेको छ। अधिकांश साना ग्राहकले अनलाइनबाटै बिल भुक्तानी गर्न थालेको प्राधिकरणका बिलिङ तथा नेटवर्क शाखा प्रमुख रवीन्द्र श्रेष्ठले बताए। उनका अनुसार कुल ग्राहकमध्ये करिब ३० प्रतिशतले अनलाइनबाटै बिल तिर्ने गरेका छन्।‘महसुल अनलाइनबाट तिर्नेहरु तुलनात्मक रुपमा सहरी क्षेत्रमा बढी छन्। तर ग्रामीण क्षेत्रमा पनि अहिले अनलाइनबाटै महसुल तिर्नेहरु बढेका छन्,’ उनले भने,’ अहिले सार्वजनिक बिदा र शनिबारबाहेक दैनिक १० करोड रुपैयाँ उठिरहेको छ।

’प्रत्येक महिना बिजुलीको बिल प्राप्‍त भएपछि अनलाइनबाट तिर्न सकिन्छ। स्मार्ट मिटरहरुमा भने प्राधिकरणका कर्मचारीले मिटर रिडिङ गरिरहनु पर्दैन। मिटरमा नै हेरेर महसुल तिर्न सकिन्छ। यस्ता करिब १ लाख मिटर प्राधिकरणले उपत्यकाभित्र जडान गरेको छ। विद्युत महसुल डिजिटल वालेट र बैंक तथा वित्तीय संस्थाका मोबाइल एपबाट तिर्न सकिन्छ। ई सेवा, प्रभु बैंक, खल्ती, आईएमई पे, फोन पे, थैली जस्ता ११ वटा सेवा प्रदायकमार्फत विद्युत महसुल संकलन हुँदै आएको छ।अनलाइनबाटै विद्युत महसुल तिर्न सकिने भएकाले प्राधिकरण र मातहतका कार्यालयका काउण्टरमा भिड लगभग देखिन छोडेको छ।‘हामीले पहिले सहरी क्षेत्रका काउण्टरमा ८र१० जना कर्मचारी राख्‍ने गरेका थियौं। तैपनि भिड हुन्थ्यो। अहिले ३र४ जना नै पर्याप्‍त देखिएका छन्,’ उनले भने,’ काउण्टरमा अहिले बिल तिर्न खासै लाइन बस्नु पर्दैन।’ ५ लाख रुपैयाँभन्दा बढीको बिल भने अनलाइनबाट तिर्न मिल्दैन। ग्राहकले प्राधिकरणको काउण्टरमै पुग्नुपर्छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ‘डिजिटल प्राधिकरण’ बनाउने योजना बनाएको भने पनि ५ लाख रुपैयाँभन्दा बढी महसुल अनलाइनबाट तिर्ने व्यवस्था मिलाउन सकेका छैनन्।
प्राधिकरणले संकलन गर्ने महसुलको ७० प्रतिशत रकम ५ लाख रुपैयाँभन्दा बढी तिर्ने ग्राहकबाट उठ्छ। बिलिङ तथा नेटवर्क शाखा प्रमुख श्रेष्ठले ५ लाख रुपैयाँभन्दा बढी महसुल अनलाइनबाट भुक्तानी गर्ने व्यवस्था मिलाउने प्रक्रिया अगाडि बढाइसकेको बताए। उनका अनुसार यस सम्बन्धी फाइल अहिले अर्थ निर्देशनालयमा छ।प्राधिकरणले २०७४ भदौदेखि चैतसम्म ६५ करोड रुपैयाँ महसुल अनलाइनबाट संकलन गरेको थियो। उसले २०७५ मा ४ अर्ब ६० करोड रुपैयाँ संकलन गर्‍यो। २०७६ मा झण्डै दोब्बर अर्थात ८ अर्ब ७० करोड रुपैयाँ संकलन गरेको प्राधिकरणले २०७७ मा ११ अर्ब ७६ करोड रुपैयाँ अनलाइनबाट उठायो।
अनलाइनबाट महसुल संकलन हरेक वर्ष बढ्दो क्रममा छ।

२०७८ मा १५ अर्ब २५ करोड र २०७९ मा २१ अर्ब ५४ करोड रुपैयाँ अनलाइनबाट संकलन भएको प्राधिकरणले जनाएको छ। २०७९ मा कुल १ करोड ३२ लाख २८ हजार ८४७ वटा ‘ट्रान्ज्याक्सन’ भएको छ। यो वर्ष अनलाइनबाट महसुल संकलन अझै बढ्ने प्राधिकरणको प्रक्षेपण छ। विद्युत उत्पादन र ग्राहक बढेकाले यो वर्ष १ खर्ब रुपैयाँभन्दा बढी महसुल संकलन गर्ने प्राधिकरणको लक्ष्य छ।

प्रकाशित : ९ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६