कपिलवस्तु १२ कार्तिक । संघिय सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले कांग्रेस माथि निरन्तर आक्रमण भइरहे पनि कांग्रेस नसकिने बताउनुभएको छ । उहाले केही समय पहिलो स्थापना भएको स्वतन्त्र पार्टी लगायतले कांग्रेसलाई लक्षित गरी विभिन्न आरोप र आक्रमण गरिरहे पनि कांग्रेस दुवै जस्तै रहेकोले कहिलै नसकिने बताउनुभएको हो ।
कांग्रेस क्षेत्र नम्बर–२ द्वारा तौलिहवा स्थित पार्टी कार्यालयमा बिजया दशमी, नेपाल संवत, दीपावली र छठको अवसरमा आयोजि त शुभकामना तथा चियापान कार्यक्रममा उहाले सो कुरा बताएका हो । मन्त्री आचार्यले कांग्रेस नदी जस्तै निरन्तर बगी रहने र कहिले नसुक्ने दाबी गर्नुभयो । उहाले कांग्रेसीको आपसी लडाइँले जिल्लामा अहिले विगतको तुलनामा कमजोर भएको जिकिर गर्नुभयो । मन्त्री आचार्यले अन्तर्घात गर्नेहरुलाई सुध्रिएर आउन आग्रह गर्दै नभए पार्टी छाडेर जान समेत चेतावनी दिए । उहाले जिल्लामा आफूले सिङ्गो पार्टीलाई एक बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
१२ कार्तिक २०८०, आइतबार
प्रतिक्रिया