अर्थ-वाणिज्य

सिद्धबाबामा सुरुङ निर्माणको काम पुनः सुचारु




बुटवल १२ कार्तिक ।सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा जोड्ने सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ निर्माणको काम दशैं सकिएपछि पुनः सुरु भएको छ । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्ग निर्माण क्रममा असारको पहिलो साता दुई वटा टनेल पहिरोले पुरिएपछि भौतिक निर्माणको काम स्थगित गरिएको थियो ।
सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माण र हेडबक्सनिरको माथिल्लो टनेल निर्माणको कामलाई तीव्रता दिएको बेलामा पहिरोले भत्काएको थियो । सुरुङमार्ग निर्माण परियोजनाको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार बर्खाको समयमा भौतिक रूपमा देखिनेभन्दा पूर्व तयारीका अन्य काम गरिरहेको ठेकेदार कम्पनीले दशैंपछि भने भौतिक काम निर्माणको काम सुरु गरेको हो ।

प्रकाशित : १२ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६