अर्थ-वाणिज्य

बेरोजगारको सूची प्रकासित : बाणगंगाको बजार क्षेत्रमा सबै भन्दा बढी बेरोजगार




सिता बेल्वासे
कलिवस्तु १६ कार्तिक । वाणगंगा नपारपलिकाले नगर भित्रका बेरोजगारको सूची सार्वजनिक गरेको छ । सूचीमा जनाइए अनुसार नगरका ११ वडाका कुल ६ सय ८० जना बेरोजगार व्यक्ति रहेका छन् । ति मध्ये पुरुषका तुलनामा महिलाको संख्या बढी रहेको छ । बाणगंगा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम लगाएत नगरले उपलब्ध गराउने रोजगारीका अवसरमा बेरोजगारले पाउने प्राथमिकताको क्रम समेत तोकेर सुचि सार्वजनिक गरेको हो । २०७९।८०को फागुनमा सुचना प्रकाशित गर्दै बेरोजगार सुचिकृत हुनका लागि नगरले आह्वान गरेको थियो । २०८० भदौ ६ गते सम्ममा प्रत्येक वडाको विवरण प्राप्त गरेर नगरले बेरोजगारको सुची सार्वजनिक गरेको हो ।
जस अनुसार वाड न.१ मा कुल बेरोजगार संख्या ३३ जना रहेको छ त्यसैगरी, वाड न.२ मा २८ जना, वडा न.३ मा ६६ जना, वडा न.४मा १०८ जना बेरोजगार रहेको सुचिमा उल्लेख छ । यस्तै वडा न. ५ मा ६० जना, वडा न. ६ मा ७३ जना, वडा न. ७ मा ४९ जना, वडा नं ८ मा ५९ जना बेरोजगार रहेको उल्लेख छ । यसैगरी बाणगंगाको विकट मानिने वडा न९मा भलवाडमा ७३ जना र वडा न. १० को पटनामा ६५ जना बेरोजगार रहेको नगरको तथ्यांक छ । वडा न. ११ मा भने ६६ जना रहेका छन् । विवरण अनुसार बाणगंगाको वडा न. १ मा र २ मा सबै भन्दा कम बेरोजगार रहेका छन् भने सबै भन्दा धेरै बेरोजगार हुनेमा वडा नं. ४ रहेको छ । यो जीतपुर गजेहडा बजार सहितको वडा हो । यसपछि सबैभन्दा धेरै वडा नं ६ मा रहेका छन् । सुचिकृत बेरोजगारमा धेरै दलित र थारु समुदायका व्यक्ति रहेका छन् ।
नगरको प्राथमिकता सुचिमा पहिलो नम्बरमा पर्नेमा वडा नं. १ मा रन्जना विक, २ मा अनिता चौधरी, ३ मा राधा थारु, ४ मा करिना सार्की, र वडा नंं ५ मा पार्वती थारु वेरोजगार सुचिको पहिलो नम्बरमा रहेका छन् । त्यसैगरी वडा नं. ६ मा कल्पना विक, ७ मा राधा बोटे, वडा नंं ८ मा फुलमती थारु, ९ मा विष्णुमाया सुनार , १० मा शुभावती हरिजन र वडा नंं ११ मा लक्ष्मि कुमारी थारु बेरोजगार सुचिको पहिलो नंम्बरमा रहेका छन् । वडा भित्र उपलब्ध हुने रोजागारीका अवसरमा पहिलो नम्बरमा रहेकाले सबै भन्दा पहिला अवसर पाउने छन् ।

प्रकाशित : १६ कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६