अर्थ-वाणिज्य

देउखुरीम जनयुद्ध तथा जनआन्दोलनका घाइतेकालागि स्याहार केन्द्र निर्माण हुने




दाङ १७ कार्तिक । लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुकालागि स्याहार केन्द्र निर्माण हुने भएको छ ।त्यसका लागि जग्गा खोजीको कार्य भइरहेको छ । प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाका लागि राजधानी क्षेत्रमा जग्गा खोजीको कार्य भइरहेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । उनका अनुसार राप्ती गाउँपालिकाका बिभिन्न क्षेत्रमा जग्गाको अवलोकन गरिएको छ।
“ जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुकालागि स्याहार केन्द्र स्थापनाकालागि हामीले जग्गा खोज्ने काम गरिरहेका छौं,राजधानी क्षेत्रको राप्ती गाउँपालिकाका बिभिन्न ठाउँमा जग्गाको अवलोकन गरेका छौं”,उनले भने “जग्गा प्राप्तीसंगै प्रक्रिया अघि बढ्छ ।” स्याहार केन्द्र स्थापनाका लागि २० विघा जति जग्गा चाहिने उनले बताए । घाइते परिवारलाई जीवन यापनमा समस्या हुने गरेकाले एउटै स्थानमा राखेर स्याहार पनि गर्ने र आयआर्जनमा पनि जोड्ने गरि स्याहार केन्द्र निर्माण गर्न लागिएको मन्त्री मास्कीको भनाई छ । त्यसकालागि प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०÷०८१ मा दुई करोड बजेट बिनियोजन गरेको छ ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६