अर्थ-वाणिज्य

बाणगंगाका श्रोत साधन सम्पदा र किसानको दैनिकी वारे संसदीय समितीको चासो




कपिलवस्तु १८कात्तिक । राष्ट्रिय सभाको विधायन समितीले बाणगंगाको प्राकृतिक श्रोत साधन सम्पदाको उपयोग र नागरिकको जीवनमा आएका पष्ििरवर्तनवारे नगर पदाधिकारी समक्ष छलफल गरेको छ । सो समितिले नगरमा विभन्न सरोकारवाला संग अन्तरकृया समेत गरेको छ । सो क्रममा राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका पदाधिकारी समक्ष बाणगंगाका किसानले विपदको क्षेती राज्यले नदिएको बताएका छन् । उनीहरुले विभिन्न समयमा भएको विपदको घटनाबाट भएको क्षतिपुर्ति संघ प्रदेश वा नगरपालिकाले नदिएको गुनासो गरेका छन । शुक्रबार बाणगङ्गा नगरपालिकामा भएको जलवायु परिवर्तनका कारण विभिन्न समयमा देखिएका प्राकृतिक असरहरुको बारेमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषकहरुले यस्तो गुनासो पोखेका हुन ।
जुन सुकै सरकार आए पनि कृषकहरुका समस्या र क्षतिपूर्ति प्रदान गर्न सरकार उदासीन बनेको उनीहरुको आरोप छ । कृषकहरुले समयमा मल, विउविजन उपलब्ध नभएकाले आफुहरु समस्यामा पर्दै आएको दुखेसो पोखेका हुन् भने प्राकृतिक प्रकोपले पनि कृषकहरुलाई दुख दिईरहेको दुखेसो पोखेका हुन । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र बाणगङ्गाका कृषक, जनप्रतिनिधि, शाखा प्रमुख र कर्मचारीहरु सङ्ग भएको अन्तरक्रियामा कृषकहरुले यस्तो गुनासो गरेका हुन । कार्यक्रममा मल, बिउ, किटनासक औसधि लगायतका समस्या समाधान गर्न तिनै तहका सरकार असफल भएको कृषकहरुले बताएका हुन।
कार्यक्रममा नगरप्रमुख चक्रपाणी अर्यालले जलवायु परिवर्तनका कारण बाणगंगा नगरपालिकामा विभिन्न समयमा देखिएका प्राकृतिक असरहरुको बारेमा प्रस्ट्याउनु भएको थियो । कार्यक्रममा व्यवस्थापन समिति देवेन्द्र दाहाल, भगवती न्यौपाने, राधेश्याम पासवान, विमला राई पौडेयलले नेपालमा कार्वन निक्कै कम उत्पादन भएपनि विश्वका अन्य मुलुकले उत्पादन गरेको कार्वनले नेपालमा निक्कै गम्भिर असर पारेको वताउनु भएको थियो । जलवायु परिवर्तन कै कारण बालिनालिमा विभिन्न प्रकारका रोग लाग्ने बताउनु भएको थियो । जलवायु परिवर्तनको पक्षमा केन्द्र सरकार मात्र नभएर स्थानिय सरकार विशेष गम्भीर बन्नुपर्ने बताउनु भएको थियो ।
यता पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले सरकारले बजेटमा ल्याएका कार्यक्रमलाइ कार्यान्वयनमा ल्याउन ढिलाइ गर्न नहुने तर्फ जोड दिनुभएको थियो । एक वडा एक प्राविधिक लगायत कार्यक्रमलाइ बजेटमा मत्र नभएर कृषक सम्म पुर्याउनु पर्नेमा जोडदार माग गर्नुभएको थियो । यस्तै नगर उपप्रमुख रिता कुमारी थारुले पनि कृषकहरुको समस्यमा नगर सचेत रहेको बताउदै हरेक बर्ष विभिन्न कार्यक्रमहरु संचालन गरेको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको संचालन तथा नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा भएको हो ।

प्रकाशित : १८ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६