अर्थ-वाणिज्य

भुकम्प पिडितकालागि वाणगंगा न.पा.ले ५ लाख सहयोग दिने घोषणा




कपिलवस्तु १८ कात्तिक ।वाणगंजा नगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई ५ लाख सहयोग गर्ने भएको छ । आज आकस्मिक रुपमा बसेको नगरको बैठकले भुकम्प पिडितहरुको लागि उक्त रकम सहयोग गर्ने बताएको हो ।त्यस्तै नगर प्रमुख चक्रपाणी अर्यालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट ज्यान गएकाप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस्तो मानविय सङ्कट लाई पार लगाउनको लागि विभिन्न संघ संस्था तथा सम्पुर्ण पक्षलाई सक्ने सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

उहाले जनस्तरवाट प्राप्त हुने सहयोगलाई नगरको ५ लाखमा थपेर सरकारको राहत तथा पुनस्थापना खातामा पठाउने वताउनु भएको छ ।आकस्मिक बैठकमा नगर प्रमुख चक्रपाणी अर्याल, उपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत, भक्तिराम मरासिनी, नगर प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेल, अन्य वडाका वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : १८ कार्तिक २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६