अर्थ-वाणिज्य

दिपावली बिशेष नृत्य प्रतियोगीता : १० लाख दिने सांसद पाण्डेको घोषणा




कपिलवस्तु, २६ कार्तिक ।कपिलवस्तुको तौलिहवामा दिपावली, नेपाल सम्बत, छठको अवसरमा पारेर नृत्य प्रतियोगीता संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ३ को सहयोग तथा नारी शील्पकला केन्द्रको आयोजना सो प्रतियोगीता संपन्न गरिएको हो । प्रतियोगीतामा तौलिहवाकी पुर्णिमा जिसि प्रथम, प्रसिद्धिका महरा द्धितीय, आकांक्षा शर्मा तृतीय भए । यस्तै बर्मेली ग्रुप, सोनाक्षी र बिरा श्रीवास्तवले सान्त्वना स्थान हासिल गरेका थिए । प्रथमलाई ५, द्धितीयलाई ३, तृतीयलाई २ हजार नगद प्रदान गरिएको थियो ।
सो अवसरमा लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले नारी शील्पकला केन्द्रले महिलाको आयआर्जन र सशक्तिकरणकालागि राम्रो काम गरेको बताए । उनले निर्माणधीन केन्द्रको भवन निर्माणकालागि आफुले १० लाख बजेट दिने घोषणा गरे । यस्तै सो अवसरमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले केन्द्रको विकासकालागि सक्दो सहयोग गर्ने तथा एक लाख सहयोग गर्ने घोषणा गरेका थिए । बिजयी प्रतियोगीहरुलाई नम्रता शर्मा, वडाध्यक्ष गैरे, माधुरी श्रेष्ठ लगायतले नगद र प्रमाण पत्र प्रदान गरेका थिए । जनु शाही श्रेष्ठको अध्यक्षता, लक्ष्मी श्रेष्ठको संचालनमा भएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, सुरेन्द्र लम्साल लगायतले शुभकामना मन्तब्य दिएका थिए ।

प्रकाशित : २६ कार्तिक २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६