अन्तर्राष्ट्रिय

बिश्वमा टिकटक बन्द गर्नेमा नेपाल बाहेक अरु कुन कुन देशछन ?



कपिलवस्तु ३० कार्तिक । नेपाल सरकारले टिकटकको दुरुपयोग भएको र सामाजिक सद्भाव खल्बलाउने र अश्लिलता फैलाउने काम भएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको छ । सरकारको यो कदमको पक्ष विपक्षमा आवाजहरु उठिरहेका छन् । त्यसो त नेपालमा मात्र हो विश्वका थुप्रै देशले टिकटकमा प्रतिवन्ध लगाएका छन् ।

गोपनियता र साइबर सुरक्षालाई चुनौती दिएको भन्दै एक दर्जन बढी देशहरुले लोकप्रिय भिडियो एप टिकटक बन्द गरेका छन्। कतिपय देशले टिकटकलाई पूर्णरूपमा बन्देज लगाएका छन् भने कतिपय देशले सरकारी संयन्त्रमा टिकटक प्रतिबन्ध गरेका छन्।

चिनियाँ टेक्नोलोजी कम्पनी बाइटेन्सको स्वामित्वमा रहेको टिकटकले सर्वसाधारणको डेटा दुरुपयोग गर्दै आएको विश्लेषकहरूले टिप्पणी गरेका छन्।

सोही कारण अफगानिस्तान, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, युरोपियन युनियन, फ्रान्स, भारत, लातभिया, नेदरल्यान्ड्स, न्युजील्यान्ड, नर्वे, पाकिस्तान, ताइवान, बेलायत, अमेरिकालगायत देशमा टिकटक बन्द गरिएको छ।

अफगानिस्तानमा तालिवानले सत्ता हत्याएपछि चिनियाँ एप टिकटक बन्द गर्ने निर्णय गरेको थियो। उसले युवाहरूलाई भ्रमबाट जोगाउन टिकटक प्रतिबन्ध गरेको बताएको थियो।

त्यस्तै अष्ट्रेलियाको संघीय सरकारले पनि आफ्ना सरकारी डिभाइसहरूमा टिकटक प्रतिबन्ध लगाएको थियो। महान्यायाधिवक्ता मार्क ड्रेफसले देशको गुप्तचर र सुरक्षा निकायबाट सल्लाह लिएर यो निर्णय गरेको बताएका थिए।

बेल्जियम सरकारले पनि साइबर सुरक्षा, गोपनियतालाई मध्यनजर गर्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो। संघीय सरकारको स्वामित्वमा रहेका डिभाइसहरूमा टिकटकलाई पूर्णरूपमा बन्देज लगाइएको थियो ।

त्यस्तै क्यानाडाले पनि टिकटकले सुरक्षा जोखिम बढाएको भन्दै सरकारी डिभाइसमा टिकट प्रयोग गर्न बन्देज लगाएको थियो। डेनमार्कको रक्षा मन्त्रालयले टिकटकमा प्रतिबन्ध लगाएको थियो।

त्यस्तै युरोपेली संघ, फ्रान्स, लातभिया, नेदरल्यान्ड, न्युजील्यान्डले पनि सुरक्षा जोखिमलाई मध्यनजर गरेरै प्रतिबन्धनको घोषणा गरेको थियो। त्यस्तै भारतले सन् २०२० मा गोपनियता र सुरक्षा चिन्ताको कारण टिकटकमा प्रतिबन्ध लगाएको थियो।

प्रकाशित : ३० कार्तिक २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६