कृषि

लुम्बिनी बौद्ध विश्वविद्यालय १९औँ वर्षमा,बौद्धशिक्षाको महत्व विश्वले बुझ्यो : शेरचन



भैरहवा १५ मंसिर।लुम्बिनी बौद्ध विश्व विद्यालय १९ औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाको १९ औँ वर्ष प्रवेशका अवसरमा आयोजित विशेष कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले बौद्ध शिक्षाको महत््व नेपालमा मात्रै नभएर विश्वभर भएको बताउनुभएको छ। उहाँले बुद्ध धर्ममा आस्था मात्रै नभएर यो एउटा दर्शन र सिद्धान्तसमेत भएको बताउनुभयो। बौद्धमार्गको विषयमा सबैले ध्यान दिन जरुरी रहेको भन्दै उहाँले बौद्ध शिक्षाको माध्यमबाट देशमा पर्यटकीय क्षेत्रको समेत विकास गर्न सकिने बताउनुभयो।विश्वमा दुई–तीन महिनामा मात्रै हजारौँले ज्यान गुमाउनु परेको बताउँदै उहाँले युद्धको बाटो सही नभएको बताउनुभयो। नेपालले पनि द्वन्द्वको सामना गरेको कारण अहिले पनि समस्या रहेको बताउँदै प्रदेश प्रमुख शेरचनले नेपालको बौद्ध शिक्षालाई विश्वरभर फैलाएर लाभ मात्रै नभएर पुन्यसमेत कमाउन सकिने बताउनुभयो।
विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नका लागि उच्च शिक्षामा गुणस्तरवृद्धि आवश्यक रहेको बताउनुभयो। उहाँले उच्च शिक्षामा गुणस्तरीयता कायम गर्न यही मङ्सिरबाट शैक्षिक क्यालेन्डर लागू गरिएको भन्दै त्यसलाई कडाइका साथ कार्यान्वयन गर्न आग्रह गर्नुभयो। बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गरी विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी योजना अघि बढाइएको बताउनुभयो।
भौतिक संरचना निर्माण, कर्मचारी शिक्षक व्यवस्थापनमा बजेट कम हुँदा कठिन भइरहेको भन्दै उहाँले अन्य विश्वविद्यालयलाई जस्तै गरी नहेर्न अनुदान आयोगलाई आग्रह गर्नुभयो। कार्यक्रममा विश्वविद्यालयले कर्मचारी सुरेशराज आचार्य, विजयसिंह क्षेत्री, इमरान धुनिया र कामेश्वर यादवलाई सम्मान गरेको छ। कार्यक्रममा सेमिनार पेपरसम्मिलित पुस्तक विमोचन समेत गरिएको छ।वार्षिकोत्सवकै अवसरमा विश्वविद्यालयले स्वास्थ्य शिविर आयोजना गरेको थियो। शिविरमा करिब तीन सय जनाले सेवा लिएका छन्।

प्रकाशित : १६ मंसिर २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६