प्रदेश

साना किसानको २४ औँ साधारण सभाः केहि सहकारीले गर्दा अन्य सहकारी पनि बदनाम भए



सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटाले साधारण सभा सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै शेयर सदस्यको बचत रकम तलमाथि हुन नदिने भन्दै ढुक्क हुन अनुरोध गर्नुभयो । उहाँले संस्थाको प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै अहिले सहकारीमा करिव ३२ सय शेयर सदस्यहरु रहेको जानकारी दिनुभयो ।त्यस्तै सहकारीका लेखा समिति संयोजक बिष्णु गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रस्तुत सबै प्रतिवेदन पारित भएका छन् । सहकारीले विविध प्रकारका रेमिट्यान्स सेवा, हाल मोवाईल एपबाट मोवाई बैंकिङ् सेवा पनि सञ्चालन गरेको छ । त्यस्तै कृषिमा आधुनिकिकरण, बाह्य बजारबाट मुल्य भन्दा सस्तोमा कृषि उपकरण उपलब्ध गराउने जस्ता महत्वपुर्ण काम गरेको छ ।

नेपाल कृषि सहकारी संघ लिमिटेडका केन्द्रिय सदस्य पदम खनालले काम गर्दा केहि गल्ति हुने भन्दै राम्रा काम बिर्सन नहुने बताउनुभयो । आफु पनि सहकारीको सञ्चालक भएर काम गरेको र काम गर्दा अनेकौ समस्या आउने भन्दै ति समस्या बाट टाढा भाग्न नहुने बताउनुभयो ।त्यस्तै बाणगङ्गा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले सहकारीले कृषि र उद्यमद्वारा आर्थिक अवस्था सुधार गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । शेयर सदस्य र संचालक दुबै पक्ष सकारात्मक तवर बाट लाग्ने हो भने सहकारी संचालनमा समस्या नहुने बताउनुभयो ।

कपिलवस्तु, ०६ पौष ।लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले गल्ती गर्नेलाई नेपालको कानुनले नछाड्ने बताउनुभएको छ । गठबन्धनको सरकार हुँदाहुँदै पनि गठबन्धन भित्रैका उच्च पदस्थ व्याक्तिहरु पनि कानुनी कठघरामा जानुपरेको भन्दै कसैलाई पनि गल्ती गर्ने छुट नभएको बताउनुभयो ।साना किसान कृषि सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय केहि सहकारीले गर्दा राम्रो काम गरेका सहकारीको पनि बदनाम भैरहेको भन्दै हल्लाको पछाडि नलाग्न उहाँले आग्रह समेत गर्नुभयो । यस क्षेत्रको विकास गर्न आफु सरकारी, सामुदायिक निजि जुन क्षेत्रलाई पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । सांसद पन्थीले अब सहकारीहरुले रासायनिक मल भन्दा प्रविधि मार्फत जैविक मल उत्पादन र वितरणमा ध्यान आवश्यक रहेको बताउँनुभयो । जैविक मल प्रयोगबाट उत्पादित खाद्यान्न तथा तरकारीहरु स्वास्थ्यका हिसाबले राम्रो हुने भएकाले जैविक मलको उत्पादनका लागि आफुले आजश्यक सहयोग गर्ने बताउनुभयो ।

बाणगंगा नगरपालिकाका पशु शखा प्रमुख राजकुमार तिवारीले सहकारीले ग्रामीण भेगका स्थानीयहरुको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरिले करोडौं रुपैयाँ ऋण लिएर सरकारले मिनाहा गर्नुपर्छ भन्दै हिड्नेको पछाडि नलाग्न आग्रह गर्नुभयो । केहि शेयर सदस्यहरूलाई सम्पुर्ण प्रक्रिया पुरा नगरी ऋण दिएको हल्ला बाहिर आएको भन्दै त्यस प्रति समयमै सचेत हुन संचालकहरुलाइ आग्रह गर्नुभयो । सहकारीले लामो संघर्ष बाट बनाएको भवनको अहिले सहि सदुपयोग नभएको भन्दै त्यसलाई व्यवस्थित गराउन आग्रह गर्नुभयो ।

त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वडा अध्यक्षको रुपमा रहदा आफु सङ्ग पनि सहकारीको विषयमा विभिन्न समस्या आएको भन्दै त्यस तर्फ संचालक समितिको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस्तै उहाँले कपिलवस्तुमा भारतीय दुध भित्रीएको गुनासो आएको भन्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।अध्यक्ष सापकोटाको अध्यक्षता, साना कृषि सहकारी संघ लुम्बिनी प्रदेश लेखा संयोजक तेज प्रसाद आचार्य, पत्रकार, शेयर सदस्य लगायतको आतिथ्यता रहेको कार्यक्रम उपाध्यक्ष राधिका देवी पन्थको स्वागत तथा सदस्य हरि शंकर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : ६ पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६