अर्थ-वाणिज्य

कपिलवस्तुकै सबैभन्दा ठूलो परियोजना वाणगंगा खानेपानी : आधुनिक प्रविधि उपयोगमा झनै अगाडी



पार्वती पाण्डे
कपिलवस्तु २० पुस ।वाणगंगा खानेपानी उपभोक्ता तथा सरसफाई समिति वाणगंगा २ नन्दनगर कपिलवस्तुले आधुनिक प्रविधिको प्रयोग मार्फत फड्को मारेको छ । २०६३ मंशिर ११ गते स्थापना भई २०७४ सालमा माग १० गते नेतृत्वमा आएपछि घाँसे मैदानलाई खानेपानीको राम्रो स्थान बनाएको संस्थाका अध्यक्ष विश्व कार्कीले बताउनु भयो । नेतृत्वमा आएपछि पहिलो काम दोहोरो पाइपलाइन बिस्तार सहित ४ सय ५० घन मिटरको ओभरहेड टंकी निमार्ण गरिएको बताउनु भयो । जसमा ४ लाख ५० हजार लिटर पानी अट्ने छ । एक सय केभीएका २ वटा ट्रान्सफर्मर , एक सय केभीएका २ वटा जेनेरेटर संस्थामा उपलब्ध गराइएको छ । त्यस्तै गरि ९९ सय कि.मी. दोहोरो पाइप लाइन बिस्तार गरिएको छ ।

संस्थाको २ तले कार्यालय भवन नन्दनगरमा निमार्ण हुनुको साथै बैजलपुर र नन्दनगरमा ३ कोठे पाले घर निमार्ण गरिएको छ । दुबै स्थानका ओभरहेड ट्यांकीमा फिल्टर प्लान्ट जडान गरिएको छ । नन्दनगरमा गार्डेन सहितको सुन्दरीकरण हुदै छ ।
संस्थाले १८ सय २३ उपभोक्तालाई शुद्ध पानी पुर्याएको छ । संस्थामा एक सय घनमिटरको ओभरहेड ट्यांकी र ३ वटा बोरिङ रहेका छन । संस्थाको शुरुमा ४ कट्ठा , हाल ४ कट्ठा १२ धुर , बैजलपुरमा ८ कट्ठा जमिन रहेकोछ । नन्दनगर खानेपानी आयोजनामा १ बिगाहा जमीन रहेको छ । संस्थाको आफ्नै सफ्टवेर रहेको छ । संस्थामा हाल १० जना कर्मचारी रहेको संस्थाले जनाएको छ । संघिय खानेपानी तथा ढल व्यवस्थापन वुटवलले संस्थालाई ३३ करोडको संझौता गरेको छ । २०७९ असार २ गते देखि आयोजना शुरु भएको हो । २०८१ असार १ गते सम्म निमार्ण कार्य सम्पन्न गरिसक्नु पर्ने बताइएको छ । कार्यक्रम अनुसार वैजलपुर र वाणगंगा खानेपानीमा कम्पाण्ड सहित (पम्प हाउस ) बोरिङ २ वटा रहने छ । दुबै स्थानमा सँगै ७ वटा बोरिङ रहने छ ।
पहिला जिर्ण अवस्थामा रहेका ओभरह्याट टयांकी आफु आएपछि मर्मत गरि संस्थामा स्मार्ट फलोमिटर राखिएको अध्यक्ष कार्कीले बताउनु भयो । जसका कारण जहाँबाट पनि मोबाइलबाटै अन अफ गर्न सकिने प्रविधि विकास गरिएको छ । संस्थाले उपभोक्तालाई खानेपानी धारा जडान गर्दा ब्रान्डेड कम्पनीका सामान संस्थाले विक्रि गर्ने र जडान शुल्क नलिने बताउनु भयो । संस्थाले वडा नं १ मा समेत १०÷१२ घरलाई शुद्ध पानी पुर्याएको छ । संस्थाले नन्दनगर , राजपुर , वैजलपुर , ताप्के , मेहनती टोल , उत्तर पिपर , दक्षिण पिपरा , पिपराको कोलनी र बैरियाको केहि भागमा शुद्ध पानी पुर्याइएको छ ।

एक घर एक धाराको राज्यको नितिलाई पालना गर्दै स्वच्छ र शुद्ध खानेपानी वितरण प्रणालीलाई ख्याल गर्दै यस संस्थाको कार्यक्षेत्र भित्र पर्ने नलहरुलाई विस्थापित गर्दै सरसफाईलाई ध्यान दिदै घर घरमा शौचालय र टोल टोलका सार्वजनिक शौचालयमा विशेष ध्यान दिने अध्यक्ष कार्कीले बताउनु भयो । त्यस्तै गरि ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप पानी महसुलमा ५० प्रतिशत संस्थाले छुट दिने छ । त्यस्तै गरि अति बिपन्न परिवारलाई पहिचान गरि पानी महसुलमा पुर्ण रुपमा निःशुल्क गरिने बताइएको छ ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६