ब्रेकिंग न्युज

कपिलवस्तु मालपोतका कर्मचारी किन कुटिए?



कपिलवस्तु, २० पुस । फाइल खोल्न घुस माग्ने
कपिलवस्तु मालपोतका कर्मचारी कुटिएका छन । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । कंडेललाई कुटपिट पश्चात मिश्रा कार्यालय बाट बाहिरिएर सम्पर्कबिहिन बनेका थिए । कुटपिटका कारण कंडेलको निधारको देब्रे भागमा चोट पटक लागेको छ ।

दुवै बिचको आपसी असमझदारीले कुटपिटको घटना भएको हुन सक्ने लेखापढी व्यवसायीहरु बताउंछन । यता घटना पछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र वडा प्रहरी कार्यालय तौलिहवाको प्रहरी टोली कार्यालयमा पुगेको छ । कार्यालयले मिश्रा बिरुद्ध प्रशासनमा उजुरी दिने तयारी गरेको छ । कुटपिटको घटना आफैमा गलत भएको भए पनि कुटपिट भएका कर्मचारी कंडेलको कार्यशैली प्रति अधिकांस लेखापढि व्यवसायी असन्तुष्ट रहेको दावी छ । यता कार्यालयका कर्मचारी माथि सांघातिक आक्रमण गर्ने व्यक्ति उपर कडा भन्दा कडा कारवाहीको माग अगाडि बढाईने कार्यालयका प्रमुख मालपोत अधिकृत देवी बहादुर भण्डारीले बताए । प्रमुख भण्डारीले आफू आएपछि घुसखोरी तन्त्र समाप्त परेको बताउनु भयो । कहिँ तेस्तो भएको खण्डमा आफुलाइ भन्न सर्बजनिक सूचना प्रकाशन गरेको उहाले बतौनु भयो ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६