अर्थ-वाणिज्य

सहकारीहरुमा सरकारी अनुदानको व्यापक दुरुपयोग



नवलपरासी २० पुस। । नवलपुरका सहकारीहरुमा सरकारले अनुदानमा दिएको मलको दुरुपयोग भएको पाइएको छ । जिल्लाका प्राय सबै सहकारीहरुले न्यूनतम मापदण्ड पूरा नगरी सरकारी अनुदानको मलको बिक्रिवितरण गरेको पाइएको हो ।जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, कृषि सामाग्री कम्पनी, कृषि ज्ञान केन्द्र, कावासोती नगरपालिका तथा पत्रकारहरुको संयुक्त अनुगमनको क्रममा सहरकारीहरुले सरकारले तोकेको भन्दा बढी मूल्यमा मल बिक्रि गरेको, मूल्य सूचि नराखेको, मलको उचित भण्डारण नगरेको पाइएको छ ।

‘सहकारीहरुले नगरपालिकाले तोकेकोभन्दा बढी मूल्यमा मल बिक्रि गरेको, केही सहकारीले मूल्यसूचि नराखेको पाइयो, त्यसलाई नियन्त्रण गरेर नगरपालिकाबाट तोकिएको दररेटमा बिक्रि गर्न निर्देशन दिइएको छ, अनुगमनपछि गोरखापत्रसँग कुरा गर्दै सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले भने, ‘पहिलो पटक सहकारीहरुको अनुगमन भएकाले अर्को पटक नदोहोर्याउने गरी निर्देशन दिइएको हो ।’

नगरपालिकाले हरेक वडाका सहकारीहरुलाई भूगोलिक दूरीअनुसार फरक फरक बिक्रि मूल्य निर्धारण गर्ने गरेको छ । शुक्रबार कावासोतीका विभिन्न वडामा रहेका नवत्रिवेणी बहुउदेश्य सहकारी संस्था, त्रिभुवनटार बहुमुखी सहकारी संस्था, लम्साल कृषि सप्लायर्स लगायतमा अनुगमन गरेको गरिएको हो ।

प्रकाशित : २० पुस २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६