प्रदेश

९ करोड रुपैयाँ थपेर भरतपुरले ल्यायो पूरक बजेट



चितवन, २२ पौष । चितवनको भरतपुर महानगरपालिकालको चालु आर्थिक बर्षको ६ महिनामा १३ प्रतिशत पूँजीगत खर्च गरेको छ । महानगरले चालु आर्थिक वर्ष २०८०/०८१ का लागि ६ अर्ब ३९ करोड ७९ लाख ९० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये चालूतर्फ विनियोजित २ अर्ब ६७ करोड १४ लाख ८४ हजारमध्ये पुसको मध्यसम्म ७९ करोड १ लाख १९ हजार ३० प्रतिशत खर्च भएको छ ।

पुँजीगततर्फ विनियोजित ३ अर्ब ७२ करोड ६५ लाख ६ हजार रुपैयाँमध्ये पुस मध्यसम्म ४६ करोड ७७ लाख (१३ प्रतिशत) खर्च भएको छ । महानगरले यस वर्ष १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक आम्दानी प्रक्षेपण गरेकोमा पुस १८ गतेसम्म ५३ करोड ३ लाख अर्थात् ३१ प्रतिशत संकलन गरेको छ ।

आइतबार १४ औं नगरसभामा महानगरपालिकाले ९ करोड ३ लाख रुपैयाँ थपेर पूरक बजेट ल्याएको छ । उपमेयर चित्रसेन अधिकारीले विभिन्न खर्च शीर्षक तथा उपशीर्षकमा बजेट अपुग भएकाले पूरक बजेट ल्याएको बताए ।

महानगरपालिकाको मर्मत सम्भार कोष खातामा मौज्दात रकम ५ करोड, शहरी गरीब सहयोग कोष तथा भरतपुर बीएम रुप खातामा रहेको ७० लाख, समयमा काम नगरेका कारण ठेकेदारको धरौटी जफतबाट प्राप्त ४२ लाख, महानगरपालिकाको गत वर्ष फ्रिज भएको रकमसमेत गरी ९ करोड ३ लाख रुपैयाँ थपेर पूरक बजेट ल्याएको मेयर रेनु दाहालले जानकारी दिइन् ।

पूरक बजेटबाट विद्युत प्राधिकरणसँग स्मार्ट लाइट साझेदारी कार्यक्रममा २ करोड ६७ लाख, डीपीआर तथा पूँजीगत परामर्श एवं इआईएसमेतका लागि ३५ लाख, रोड मार्किङ तथा क्याट आई एवं शहरी सौन्दर्यीकरणमा ४० लाख, चोक सुधार कार्यक्रममा १५ लाख, मानव सेवा आश्रम पूर्वाधार निर्माणमा ३५ लाख रुपैयाँ थप हुनेछ । त्यस्तै दुध अनुदानका लागि ४५ लाख, कक्षा १ देखि ८ सम्मका दलित विद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि ३६ लाख, समपूरक साझेदारी २ करोड, मागमा आधारित विभिन्न योजनाहरुमा २ करोड रुपैयाँ थप गरिएको महानगरपालिकाले जनाएको छ ।

नयाँ शीर्षकमा खर्च गर्न आवश्यक भएको र विभिन्न खर्च शीर्षक तथा उपशीर्षकमा नयाँ कार्यक्रम थप गर्नुपरेकाले बजेट संशोधन गरिएको उपमेयर अधिकारीले बताए ।

महानगरमा आर्थिक वर्ष २०७९/८० मा खर्च नभएको १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ सञ्चित कोषमा रहेको छ । आर्थिक वर्ष २०८०र८१ मा भुक्तानी दिन बाँकी एवं क्रमागत तथा अधुरो योजना सम्पन्न गर्न १ अर्ब २४ करोड ४४ लाख रुपैयाँ लाग्ने देखिएको छ । यसरी सञ्चित कोषमा वचत हुने २ करोड रुपैयाँ मौज्दात रहने देखिएको छ ।

प्रकाशित : २२ पुस २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६