परासी २२ पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सत्ताको लागि राजनीतिमा मात्र होइन, विकास निर्माण र शिक्षाको गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।उनले शैक्षिक जनशक्ति पलायन रोक्न नसके हामी तीनवटै तहका सरकार असफल हुने वताएका छन। पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको समापन समारोहमा बोल्दै मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् । अहिलेको आवश्यक विकास निर्माण र युवा जनशक्ति पलायन रोक्न नीतिगत र व्यवहारिक शिक्षा लागू गर्नु पर्नेमा उनले जोड दिए ।
प्राविधिक शिक्षामार्फत रोजगारी वृद्धि गर्ने उद्देश्यसहित प्रदेश सरकारले सिपमूलक शिक्षामा जोड दिएको चौधरीले बताए । सातवटै प्रदेशका मुख्यमन्त्रीबीच कसले बढी विकास गर्छ, को पहिला जनताको आँगनमा पुग्न सक्छ भन्ने पक्षमा प्रतिस्पर्धा गर्नु पर्ने भन्दै उनले राजनीतिलाई सत्ता आरोहणको माध्यममात्र बनाउन नहुने बताए ।जनतामा संघीयताको मर्म बुझाउन नसक्दा व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको भन्दै उनले जनताको सुख, दुःखमा साथ दिने संविधान कार्यान्वनमा जोड दिनुपर्ने बताए
२२ पुस २०८०, आइतबार
प्रतिक्रिया