अर्थ-वाणिज्य

करै नतिरी कसरी भयो ग्यालेक्सी टिभीको कारोबार ?



काठमाडौं २८ पुस।के रवि लामिछाने कानुनभन्दा माथि छन् रु हैन भने, कर नतिरी टेलिभिजनको शेयर कसरी हस्तान्तरण हुन्छ रु टेलिभिजन चलाउने नाममा विभिन्न सहकारीको करोडौं रकमले आफ्नोमात्रै हैन, पत्नी, ससुरासम्मको व्यवस्थापन गर्ने रविका थप विवरण प्राप्त भएका छन् ।

उनले ग्यालेक्सी टिभीबाट आफू अलग भएको र शेयरसमेत अन्य व्यक्तिमा हस्तान्तरण भएको जिकिर गरेका छन् । तर, नेपालको कानुनले कुनै पनि व्यवसायमा कर नतिरी, करचुक्ता प्रमाणपत्र पेश नगरी कुनै किसिमको कारोबारलाई वैधता दिँदैन । ग्यालेक्सी टिभीको हकमा उसले अहिलेसम्म कर तिरेको छैन । तसर्थ, रविको दावी गलत भएको उक्त टेलिभिजनपीडित पत्रकारको भनाइ छ । त्यहाँ काम गरेका पत्रकार तथा कर्मचारीहरूको तलबबाट कट्टी हुनुपर्ने १५ प्रतिशतका दरले चार करोड आजसम्म तिरिएको छैन । कर नतिरी कसरी करचुक्ता प्रमाणपत्र आयो र शेयर हस्तान्तरण भयो रु ती कर्मचारीको प्रश्न छ । त्यसमाथि रविको कुराचाहिँ कति हाँस्यास्पद छ भने, ग्यालेक्सी टिभीमा हालेको विभिन्न सहकारीको पैसा डुब्ने भएपछि त्यसको जिम्मा सरकारले लिनुपर्ने १ अर्थात्, काम आफूले बिगार्ने, जिम्मा सरकारले लिनुपर्ने १

अनि, ग्यालेक्सी त्यत्तिकै डुबेको हैन भन्ने कुरा बुझ्नका लागि आर्थिक लुटलाई हेरे पुग्छ । तलब पनि मन लागेजति खान पाइने अचम्मको नियम थियो । रवि आफैँले तोकेर ५ लाख तलब, २ करोड पर्ने गाडी सुविधासहित जोड्दा महिनावारी ८ लाख रुपैयाँ लिने गरेको विवरण ग्यालेक्सीको लेखामा सुरक्षित छ । उनीबाहेक पत्रकार टिकाराम राई, चारु चड्डा, प्रबन्ध निर्देशक प्रशान्त लामिछाने र सुरेश पौडेलले पनि तलब त पाँचै लाख खान्थे । तर, उनीहरूले १५ प्रतिशत कर काटेर बाँकी भएको पैसा मात्रै पाउँथे । टेलिभिजनकी कार्यक्रम प्रस्तोता साधना तामाङले दुई लाख लिन्थिन् । जबकि, उनको भन्दा बढी काम गर्ने पत्रकारले कम पैसा लिएका थिए । केपी ओलीका निजी फोटोग्राफर राजन काफ्लेकी पत्नी तथा पत्रकार सिर्जना घिमिरेदेखि रमेश प्रसाईंहरूले एक–एक लाखमात्रै लिन्थे ।

कम्पनीले सुविधास्वरुप रविलाई फर्चुनर र प्रशान्तलाई क्रेटा कार दिएको थियो । जिबी राईका निम्ति नेपाल र सिंगापुर ‘पानी–पँधेरो’ भनेजस्तो थियो । र्‍याडिसन, हायातसहितका पाँच तारे होटलमा कोठा लिन्थे र त्यतै रात बिताउने सोख थियो । त्यसमा टेलिभिजनमा नदेखिने थुप्रै युवती सहभागी हुन्थे । फलतः जिबी राई अहिले देश छाडेर भागेका हुन् । उनलाई यो अवस्थामा पुर्‍याउने रविचाहिँ जनतालाई मूर्ख बनाउँदै ‘राजनीति’ मै छन् । बरु, रवि र उनकी पत्नी निकिता पौडेलले समेत जिबीलाई ठगी गरेका रहेछन् । उनी ग्यालेक्सी एफएमकी हर्ताकर्ता । उनका बुबा उद्धव पौडेलले चावहिलस्थित गोपिकृष्ण हलमै स्थापना गरेको गोपिकृष्ण एफएमलाई ग्यालेक्सी बनाइएको हो । त्यो एफएम जिबीलाई डेढ करोडमा भिडाएर नगद रु।६० लाख रुपैयाँ बुझिन् । त्यति पैसा लिइसकेपछि बल्ल भनिन्, ‘धेरै वर्षदेखि बुबाले नवीकरण नगरेका कारण ४६ लाख तिर्न बाँकी छ ।’ अनि, पुरानो हिसाब राफसाफ नगरी कम्पनी वा कारोबार नामसारि गर्न नमिल्ने कानुन छ ।

रविले मात्रै हैन, जिबीलाई एडरिलिज नामक विज्ञापन एजेन्सीले पनि उत्तिकै पीडा दियो । अमेरिकी नागरिक प्रमोद ढकालले पञ्चकन्यासहित सिमेण्ट, छड कम्पनीहरूलाई बिचौलिया दीपक भट्टसँग जोड्ने र विज्ञापनको कारोबार आफूले गर्थे । उनैले हो, कान्तिपुरसँग १८ करोडको विज्ञापन दिने भनेको । रविले ग्यालेक्सी छाड्दा उनको टिमका रमेश प्रसाईं, प्रतिभा रावल, उत्तम, क्रान्तिशिखालाई पनि लिएर गए । त्यसमध्ये प्रतिभालाई सहायक प्रवक्ता बनाए भने अरु सबैलाई केन्द्रीय सदस्य । जनाअस्था बाट ।।।।।।

प्रकाशित : २८ पुस २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६