अन्तर्राष्ट्रिय

जापानमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय २० पुग्यो




माघ १ ।
जापानमा जनवरी १ मा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय २० पुगेको छ ।

इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टरस्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म दुई सय २० जनाको शव भेटिएको हो । अझै २० जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार उत्तरी र पूर्वी जापानमा हिजोदेखि तीव्र हावाहुरी चल्न थालेको छ । भोलिसम्म हिमपात र उच्च छाल आउने सम्भावना रहेको खबरमा उल्लेख छ । यसका कारण भूकम्प प्रभावितलाई समस्या हुनसक्ने भन्दै मौसम सम्बन्धी कार्यालयले सचेत रहन आग्रह गरेको छ ।

प्रकाशित : १ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६