अन्तर्राष्ट्रिय

एआईले विश्वभर ४० प्रतिशत रोजगारी गुम्न सक्छः अन्तर्राष्ट्रिय मुद्रा कोष



अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले आफ्नो पछिल्लो विश्लेषणमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण भविष्यमा ४० प्रतिशत रोजगारी प्रभावित हुने देखाएको छ।

आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले एआईले असमानतालाई अझ खराब बनाउने बताइन्।

जर्जिएभाले टेक्नोलोजी सञ्चालित सामाजिक समस्याहरू बढ्नबाट रोक्नको लागि नीति निर्माताहरूले ध्यान दिनुपर्नेमा जोड दिइन्।

आईएमएफले एआईले ठूलो संख्यामा रोजगारीलाई असर गर्ने बताएको छ। विकसित अर्थतन्त्रका ६० प्रतिशत रोजगारी यसबाट प्रभावित हुनेछन्।

एआईसँग महत्त्वपूर्ण कार्य गर्ने क्षमता हुन्छ, जुन मानिसहरूले हाल गरिरहेका छन्। यसले कामदारको माग घटाउनेछ र परिणामस्वरूप दैनिक ज्याला प्रभावित हुनेछ वा तिनीहरूले आफ्नो काम गुमाउनेछन्।

यसैबीच आइएमएफले प्रविधिका कारण न्यून आय भएका देशमा २६ प्रतिशत रोजगारी मात्र प्रभावित हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित : २ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६