प्रदेश

पाल्पा जाँदै गरेको टिपर गिद्धे भिरमा दुर्घटना, आमा छोरीको मृत्यु



रुपन्देही, ०५ माघ । रुपन्देहीको देवदह नगरपालिका–६ स्थित गिद्धे भिरमा टिप्पर दुर्घटना हुँदा आमा छोरीको मृत्यु भएको छ । देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जादैं गरेको लु २ ख ४५०९ नम्बरको टिप्पर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा बिहिवार बेलुकी साँझ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सस्वती सारुको मृत्यु भएको राजर्माग सुरक्षा तथा सडक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ । साथै सोही दुर्घटनामा परी टिपरका चालक देवदह नगरपालिका ७ का २७ वर्षीय सुकदेव वारखरे र माथागढ़ी गाउँपालिका ६ की २२ वर्षीया सृजना सारु घाइते भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६