खोज–अनुसन्धान

अत्याधिक चिसो बढेपछि चोक -चोकमा बल्यो पालिकाको आगो



बुटवल ७ माघ । अत्याधिक चिसो बढेपछि चोक -चोकमा पालिकाको आगो बल्न थलेको छ। अत्याधिक चिसो बाट नागरिक लाई बचाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगो ताप्नका लागि आइतबारदेखि दाउरा वितरण सुरु गरेको छ । तिलोत्तमा अन्तरगतका प्रत्येक वडाहरुमा सार्वजनिक स्थल तथा चोक–चोकमा दाउरा वितरण गरिएको हो तिलोत्तमाको वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक सुरेन्द्र श्रीका अनुसार नगरपालिकाले दाउरा खरिद गरी ट्याक्टर तथा टिप्परमा बोकेर ठाउँ–ठाउँमा दाउरा पुराउने काम भइरहेको छ । देवदहको साझेदारी वनबाट दाउरा खरिद गरी जनतलाई चिसोबाट बचाउन दाउरा वितरण गरिएको उनले बताए ।

नगरपालिकाको २ वटा ट्याक्टर र एउटा टिप्परमा बोकेर योगीकुटी, मणिग्राम चोक, चार नम्बर, ड्राइभरटोल, नयाँ मिल, शंखरपुरा, भलवारी, मँगलापुर, पत्थर डाँडा, मधौलिया लगायतका चोकहरुमा दाउरा वितरण गरिएको छ । पालिका अन्तरगका प्रत्येक वडा तथा सार्वजनिक स्थलहरुमा दाउरा वितरण हुने बताइएको छ । तिलोत्तमा नगरपालिकाले चिसो बढेपछि माघ १० गतेसम्म विद्यालय बन्द गर्न आह्वान गरेको छ । चिसो बढेसँगै जनजीवन प्रभावित भएको र बालबालिका तथा वृद्धवृद्धालाई जोखिम हुने हुने सचेतना अपनाउन नगरपालिकाले आग्रह गरेको छ ।

प्रकाशित : ७ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६