अर्थ-वाणिज्य

साविकका अञ्चल अस्पताल र १ देखि ३सय ,बेडसम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउने तयारी



कपिलवस्तु ९ माघ । सरकारले साविकका अञ्चल अस्पतालहरुमा नर्सिङ पढाउने सरकारको तयारी गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलका अनुसार एकदेखि तीन सय शय्यासम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउन लागिएको हो ।

उनका अनुसार यो तयारीले केहि दिन भित्रै मन्त्रिपरिषदबाट निर्णय भएर मूर्त रुप लिनेछ । ‘‘एकसयदेखि तीन सय बेडमुनिका जुन अस्पतालहरु छन् नेपाल सरकारका छन् । चाहे ती प्रादेशिक हुवा चाहे केन्द्रमा तिनीहरुमा नर्सिङ पढाउन सकिन्छ कि सकिँदैन ? पढाउने गरी हामीले नीगितगत रुपमा पास गर्‍यौं । अब तीन दिन भित्र मन्त्रिपरिषद लान्छौं’ सचिव पोखरेलले जानकारी दिए ।

सोमबार प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले आफूहरुले एक सय बेड अथवा दुई सय बेड भएका अस्पतालमा नर्सिङ पढाउन चाहेको बताए । उनले थपे, ‘पहिलेका साविकका अञ्चल अस्पातलमा हामी अबन नर्सिङ पढाउँछौं र त्यसको दायीत्व राज्यले लिने भन्ने हिसावले अगाडि गएको छ ।’

सचिव पोखरेलले ३ सय बेडका अस्पतालहरुका एमबीबीएस शिक्षा गर्ने तयारी रहेको पनि जानकारी दिए । साथै, नर्सिङ पढाउनेलाई स्टाप र ब्याचलर नर्स दुई कोर्ष एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गरिएको उनले बताए । ‘स्टाप नर्स र ब्याचलर नर्स पनि हुनुपर्छ । दुइटालाई दुईटा अस्पताल दिन थाल्यो भने फेरि सकिँदैन’ सचिव पोखरेले भने ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६