अन्तर्राष्ट्रिय

चीनले १ वर्षमा १ करोड २० लाख बढी सहरी रोजगारी सिर्जना गर्‍यो



ऐजेन्सी, १० माघ ।
चीनले सन् २०२३ मा आफ्नो सहरी क्षेत्रमा १ करोड २० लाखभन्दा धेरै रोजगारी सिर्जना गरेको छ । गएको वर्ष कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव २ प्रतिशतले बढेको चीनमा १ करोड २० लाख रोजगारी सृजना भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सन् २०२३ मा ३० करोड युआनभन्दा बढी केन्द्रीय र स्थानीय सरकारको आर्थिक सहयोगका साथ देशले रोजगारीका लागि नीतिगत सहयोग बढाएको खबरमा उल्लेख छ ।

पछिल्ला चरणहरूमा चीनले सामाजिक बीमाको बोझ कम गर्दै वित्तीय अनुदान र कर प्रोत्साहन बढाएर अधिक वित्तीय सहायता प्रदान गर्दै रोजगारीलाई आफ्नो शीर्ष प्राथमिकताका रूपमा कायम राखेको छ ।

देशको स्थिर आर्थिक पुनरुत्थान, परम्परागतबाट नयाँ वृद्धि सूचकहरूमा स्थानान्तरण र रोजगारी सिर्जनाका नयाँ स्रोतहरूको निरन्तर उदयका कारण चीनको रोजगारी सामान्य तया स्थिर रहने अपेक्षा गरेको अधिकारीहरूले बताएका छन् ।

प्रकाशित : १० माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६