अर्थ-वाणिज्य

राजधानी यातायात कार्यलय विहिन हुन सक्दैन :मन्त्री थापा



घोराही १२ माघ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राणा) ले घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा कार्यालय छिटो भन्दा छिटो स्थापना गर्न आफुले पहल गर्ने बताएका छन् ।घोराही बनाऔं अभियानले बिहीबार घोराहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘यातायात क्षेत्रको व्यापक सुधारका लागि म क्रियाशिल छु, सर्वसाधारणलाई सहज सेवा दिने सवालमा मैले सक्दो काम गर्नेछु’ मन्त्री थापाले थपे, ‘म घोराहीमा यातायातको सेवा कार्यालय खोल्ने सवालमा सम्बन्धित अन्य पक्षहरुसँग छलफल गरेर केही गर्नेछु ।’ घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासन, सल्लाहकारहरु बसन्त जोसी, खड्ग बुढाथोकी, निरन्जनराज भण्डारी, सनत गिरी, उपसंयोजक अनिल आचार्य, सचिव दिपक गिरीलगायतको उपस्थितिमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै मन्त्री थापाले यातायात क्षेत्रमा रहेको सबै खाले बिकृतिलाई जसरी हुन्छ अन्त्य गर्न लागि पर्ने बताउँदै यातायात क्षेत्रको सुधारका लागि सबैले साथसहयोग गर्नुपर्ने बताए ।

घोराहीमा यातायात व्यवस्था कार्यालयको सेवा बिस्तारको सन्दर्भमा मन्त्रालयमै आएर भेटघाट गर्दा अझ बढि प्रभावकारी हुने र यस विषयमा सचिवलगायत कर्मचारीहरुसँग पनि बुझेर निर्णय गर्नु पर्ने भएकाले अभियान कर्मीहरुलाई मन्त्री थापाले मन्त्रालयमा आमन्त्रण समेत गरे ।यस विषयमा घोराही बनाऔं अभियानको तर्फबाट आइतबार मन्त्री थापासहित मुख्यमन्त्री, अर्थमन्त्री लगायतका व्यक्तिहरुसँग मन्त्रालयमै छलफल गरिने भएको छ । आइतबार प्रदेश मन्त्रालयमा डेलिगेशनकारुपमा छलफल गर्न जाने तयारी गरिएको घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले जानकारी दिएका छन् ।

प्रकाशित : १२ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६