अन्तर्राष्ट्रिय

८० प्रतिशत भारतीय बीउ नेपालमा सूचिकृत नै हुदैनन्



जानु पाण्डे
कपिलवस्तु १३ माघ ।भारतबाट नेपाल आउने असी प्रतिशत वीउ नेपालमा रजिस्टर्ड नहुने बताईएको छ । विषादी व्यवसायी संघ कपिलवस्तुको प्रथम भेला र नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समितिको प्रथम अधिवेशनमा बोल्दै बीउ व्यवसायी संघका केन्द्रीय सदस्य करुण काफ्लेले नेपालमा २० प्रतिशत स्थानीय विउको उत्पादन भएको बताउनु भयो ।
कृषकले अत्याधिक माग भएका बीउ नेपालमा सुचिकृत छैनन् । त्यस्ता बीउ भन्सार भएर र अवैध चोरी निकासी भएर आउने गर्छन । जसले गर्दा व्यवसायीहरु समेत समस्यामा पर्ने गरेको काफ्लेले बताउनु भयो । बुद्धभूमि २ बडहरालुम्विनि ढावामा भएको कार्यक्रममा विषाधी व्यसायी संघ केन्द्रीय सदस्य भानु भक्त पौडेलले खुला रुपले विषाधी बिक्री हुदाँ नियमन गर्न गारो भएको बताउनु भएको छ ।
कार्यक्रम लुम्विनि प्रदेश अध्यक्ष लाल बहादुर थापा, नेपाल बीउ व्यवसायी संघका प्रदेश अध्यक्ष राम प्रसाद भट्टराई, प्रदेश सचिव धन बहादुर खड्का, उद्योग व्यापार संघ कपिलवस्तु अध्यक्ष खिमानन्द भट्टराई, बुद्धभुमि कृषि शाखा प्रमुख देविराम बेल्बासे, जियो कृषीका लुम्बिनि प्रदेश प्रमुख बिनोद बिक लगायतले बोल्नु भएको बीउ व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष नारायण भट्टराईले बताउनु भयो । कार्यक्रममा बीउ व्यवसायी संघका लुम्बिनि प्रदेश कोषाध्यक्ष झविन्द्र बेल्बासेको अध्यक्षता र संचालन सुमन खड्काले गर्नु भएको थियो

प्रकाशित : १३ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६