अन्तर्राष्ट्रिय

चिनियाँ जासुस भएको आरोपमा प्रहरी हिरासतमा रहेको परेवा ८ महिनापछि रिहा




माघ १९, एजेन्सी ।

चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवा सफाइपछि रिहा भएको छ ।

‘टाइम्स अफ इन्डिया’ का अनुसार आर्थिक राजधानी मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँजस्तो लिपिमा लेखिएको सन्देश’ सहित यो परेवा समातिएको थियो । शुरुमा प्रहरीले जासुसी गरेको आरोपमा चराविरुद्ध मुद्दा दर्ता गरेको थियो तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए रिपोर्टमा भनिएको छ ।

यो परेवालाई सहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो । पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भारतीय कार्यालयले यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको बताएको छ ।

पेटा इन्डियाका अनुसार प्रहरीले बुधवार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार यो परेवा स्वस्थ अवस्थामा रिहा भएको छ ।

जासुसीको आरोपमा भारतीय अधिकारीहरूले हिरासतमा लिएका कैयौँमध्ये यो पछिल्लो परेवा हो । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धम्कीपूर्ण सन्देश बोकेको अवस्थामा फेला परेको परेवालाई सीमा सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका थिए । सन् २०१० मा अर्को परेवाको खुट्टामा औँठी र पाकिस्तानी फोन नम्बर र ठेगाना रातो मसीले टाँसिएको अवस्थामा फेला परेपछि सशस्त्र पहरामा राखिएको थियो ।

प्रकाशित : १९ माघ २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६