खोज–अनुसन्धान

आजवाट प्रेस चौतारी २६ बर्षमा प्रबेश : कपिलवस्तु सहित देशै भर विविध कार्यक्रम



कपिलवस्तु २२ माघ । प्रगतिशील तथा श्रमजीवी पत्रकारहरूको साझा संगठन प्रेस चौतारी नेपाल स्थापनाको २६ औं वर्षमा प्रवेश गरेको छ ।आजवाट प्रेस चौतारी २६ बर्षमा प्रबेश गरेको हो। योसंगै कपिलवस्तु सहित देशै भर विविध कार्यक्रम हुदै छन् । कपिलवस्तुमा विभिन्न खेलकुद प्रतियोगिता भएका छन् । आज बाणगंगाको खारखानीमा बनभोज सहितको दिवस समारो आयोजना भएको जिल्ला अध्यक्ष जानु पाण्डेले वताउनु भयो । विसं २०५५ मंसिरमा आयोजित भेलाले गठन गरेको तदर्थ समितिले २०५५ माघ २२ गते विजय चालिसेको नेतृत्वमा संस्था दर्ता गराएको थियो । सोही दिनको स्मरणमा आज चौतारीले काठमाडौंसहित देशभर विभिन्न कार्यक्रम गरी २६ औं स्थापना दिवस मनाउँदै छ ।
चौतारीले आज स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजना गर्ने विशेष कार्यक्रममा ६ जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ ।चौतारीले हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारीलाई पुरस्कृत गर्ने भएको छ ।
यसैगरी, चौतारीले अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट सिन्धुपाञ्चोकका माधव नेपाल, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट रुकुमपूर्वका महेश केसी, वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट रौतहटका फणिदेव महतलाई पुरस्कृत गर्ने भएको छ ।चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट रामेछापकी यसिमा महत र सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट काभ्रेकी काजल तामाङलाई पुरस्कृत गर्ने चौतारीले जनाएको छ ।वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा चौतारीका महासचिव हिरामान लामा र सचिव हरिवल्लभ नेपाल सदस्य रहेको समितिले पुरस्कृत पत्रकारको नाम चयन गरेको हो ।चौतारीले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा हृदयचन्द्र सिंह प्रधानसहित ६ वटा पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशित : २२ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६