प्रदेश

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत लागत बाग्मती सरकारले बेहोर्ने



चितवन, २४ माघ । चितवनको भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको ७० प्रतिशत लागत बाग्मती प्रदेश सरकारले बेहोर्ने भएको छ ।

बाग्मती प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले प्रदेश सरकारले ७० प्रतिशत बजेट विनियोजन गर्ने बताउनुभएको हो । यस्तै उहाँले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई पनि रङ्गशालामा बजेट पार्ने विश्वास दिलाउनुभयो ।

देशकै गौरवको आयोजना प्रदेशमा भएकाले यसलाई पूरा गर्नु प्रदेश सरकारको दायित्व रहेको बताउँदै मन्त्री लामाले भन्नुभयो, ‘रङ्गशाला निर्माणमा प्रदेश सरकारको चासो छ । हामी बजेट सुनिश्चित गरेरै अघि बढ्छौँ । ढुक्क हुनुस् ।’

प्रकाशित : २४ माघ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६