अर्थ-वाणिज्य

जिल्ला प्रशासनको छानविनपछि व्यक्तिको नामको जग्गा सार्वजनिक कायम, संलग्नलाई पक्राउ गर्न निर्देशन



भैरहवा२५ माघ। बिचौलियाले व्यक्तिका नाममा बनाएको सिद्धार्थनगर नगरपालिका–१० स्थित डेढ बिगाभन्दा धेरै क्षेत्रफलको जग्गा सार्वजनिक नै कायम गर्ने निर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयले आवश्यक छानविन र अनुसन्धानपछि व्यक्तिका नाममा नामसारी गरिएको सो जग्गा सार्वजनिक कायम गर्ने निर्णय गरेको हो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै घाँघरा खोला छेउमा रहेको साविक भुजौली ७ (क) को कित्ता नम्बर ६१ को सार्वजनिक जग्गा अर्घाखाँचीको साविक मैदान गाविस–५ बस्ने फर्शुराम घिमिरेको नाममा दर्ता भएको थियो ।
घिमिरेको जग्गाधनी पुर्जा २०७० सालमा जारी गरिएको देखिए पनि मालपोतबाट भने २०७१ सालमा घिमिरेका नाममा दर्ता गरिएको थियो ।मालपोत कार्यालय बुटवलबाट ०७१ सालमा उक्त जग्गा घिमिरेका नाममा कम्प्युटरमा दर्ता भएको पाइएको थियो । घाटको जग्गा व्यक्तिका नाममा गएको जानकारी पाएपछि स्थानीयले विभिन्न ठाउँमा उजुरी परेको थियो । १ बिघा ११ कट्ठा ५ धुर क्षेत्रफल रहेको उक्त जमिनमा स्थानीय बासिन्दाले पितृ बिसर्जन स्थल (संसान घाट) को रुपमा प्रयोग गर्दै आएका थिए ।यसबारे जिल्ला प्रशासन कार्यालयले बिस्तृत रुपमा छानविन गरेपछि उक्त जग्गा सार्वजनिक नै भएको ठहर गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए ।
उनका अनुसार उक्त जग्गा अब बाँकी दर्ता प्रक्रिया अगाडि नबढाउन र स्वामित्व (सार्वजनिक) यथास्थितमै राखी कुनै व्यक्ति तथा संघसंस्थाको नाममा स्वामित्व कायम हुने गरी थप श्रेस्ता कायम नगर्न, जग्गा धितो, रजिष्ट्रेशन, अंशबण्डा लगायतका कारोबार नगर्न मालपोत कार्यालयहरुलाई पत्राचार गर्ने निर्णय जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : २५ माघ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६