खोज–अनुसन्धान

सर्बाेच्चको आदेश पालना गराउन एमालेको ध्यानाकर्षण पत्र



बुटवल, २७ माघ ।सर्वोच्चको आदेश कार्यान्वयन नगरेको भन्दै एमाले रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा सुदर्शन थापालाई ज्ञापन पत्र बुझाएको छ ।सर्वोच्चले लुम्बिनी प्रदेश सरकारले यसअघि अध्यक्ष अजयमान श्रेष्ठलाई हटाई नयाँ अध्यक्ष नियुक्त गर्न गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो । तर सर्वोच्चको आदेश मेसुले अवज्ञा गर्दै अध्यक्षलाई पुनर्वहाली नगरेपछि एमाले रुपन्देहीले शुक्रबार मेसु थापाको ध्यानाकर्षण गराएको हो ।तत्कालीन मुख्यमन्त्री लिला गिरीले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो ।

त्यसपछि प्रदेश भरका ६ अस्पतालका अध्यक्षहरु रिट सहित सर्वोच्च पुगेका थिए ।त्यही बीचमा हालका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन वझालाई नियुक्त गरेको थियो । तर सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नु÷गराउनु भनेपनि अध्यक्षमा पुनर्वहाली हुनुपर्ने अजयमान श्रेष्ठलाई अझै पुनर्वहाली गरिएको छैन । मेसु थापाले सर्वोच्चको आदेश कार्यान्वयनमा असहयोग गरेको भन्दै एमालेले ज्ञापनपत्र बुझाएको हो ।एमाले जिल्ला अध्यक्ष तेजेन्द्र केसीले अदालतको आदेशपछि स्वतः पुरानै अध्यक्षहरु पदमा रहने भएपनि मेसु थापाले अदालतको आदेशको अवहेलना गरेको बताए ।

उनले अन्य पाँच अस्पतालहरुमा पुरानै अध्यक्षहरुले काम गरिरहेको भएपनि लुम्बिनी प्रादेशिक अस्पतालमा भने मेसुकै कारण अध्यक्ष कार्यालयमा आउन नसकेको बताए ।उनले मेसु डा। थापालाई अध्यक्षको नेमप्लेट र कुर्ची कार्यकक्षमा राख्न माग गरे । ज्ञापन पत्र बुझ्दै डा। थापाले सर्वोच्चको आदेश कार्यान्वयन गर्ने गराउने मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय रहेको भन्दै आफ्ना कारणले अध्यक्षको पुनर्वहाली नरोकिएको बताए । उनले मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको बताउँदै मुख्यमन्त्री कार्यालयले नै यो विषय टुंगोमा पुर्याउने बताए ।साथै उनले आफ्ना कानुनी सल्लाहकारको राय सहित अघि बढ्ने समेत बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्यहरु बावुराम भट्टराई, गोपाल राना, रुपन्देही क्षेत्र नं। २ का ईन्चार्ज क्रृषिराम पाण्डे, रुपन्देही सचिवालय सदस्य बावुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, पुर्व मुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेल लगायत अस्पताल पुगेका थिए ।

प्रकाशित : २७ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६