अर्थ-वाणिज्य

स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पुरयाउदै छौं : मुख्यमन्त्री चौधरी



देउखुरी २७ माघ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पु¥याउने योजनामा प्रदेश सरकार रहेको बताउनुभएको छ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको छैठौँ प्रदेशसभामा मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रले स्थानीय उत्पादनलाई ब्रान्डिङ गरेर बजारसम्म पु¥याउन कार्यमा सहयोग गर्न समेत आग्रह गर्नुभयो। कार्यक्रममा मुख्यमन्त्री चौधरीले भन्नुभयो, “समृद्ध प्रदेश बनाउने काममा सरकार एक्लैले गर्न सक्दैन, नीजि क्षेत्रले स्थानीय बस्तु तथा सेवा उत्पादन, बजारीकरणमा ध्यान दिन आवश्यक छ, हामीहरुले यहाँको उत्पादन बाहिर बिक्री गर्ने परिपाटी नबनेसम्म प्रदेश समृद्ध र आत्मनिर्भर हुन सक्दैन ।“

दाङ देउखुरीको मौवाको रक्सीलाई स्थानीय वाइनको रुपमा ब्रान्डिङ गरेर विदेशमा सजिलै बिक्री गर्ने आधार रहेको भन्दै उहाँले महङ्गा विदेशी रक्सी बेचेर पूँजी पलायन हुनेभएकोले स्थानीय मौवाको रक्सीलाई ब्रान्डिङ गर्ने काममा प्रदेश सरकार पनि लागि परेको जानकारी दिनुभयो । समय समयमा आयोजना गरिने मेला महोत्सवमा स्थानीकरणको आभासै नभएको भन्दै मुख्यमन्त्री चौधरीले नीजि क्षेत्रपनि धेरै सुध्रनुपर्ने अवस्थामा रहेको बताउनुभयो ।

प्रदेश सरकारले अब उत्पादनको क्षेत्रमा बढी लगानी गर्ने भन्दै मन्त्री चौधरीले उद्योग, उत्पादन र पर्यटनको क्षेत्र पहचिान गर्ने र त्यहाँको सडक सुधार गर्ने काममा प्रदेश सरकार लागि परेको जानकारी दिनुभयो । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माको अध्यक्ष्तामा भएको कार्यक्रममा उद्योगी व्यापारीले नीजि क्षेत्र सरकारसँग सहकार्य गरेर प्रदेशमा आर्थिक समृद्धि र आर्थिक शुसासन कायम गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

प्रकाशित : २८ माघ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६