अर्थ-वाणिज्य

बुद्धकालीन सम्पदाको प्राचिन शहर कपिलवस्तु : सभामुख घर्ती




कपिलवस्तु, २६ माघ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले बुद्धकालीन सम्पदाहरूलाई पर्यटकीय गन्तव्य बनाउनु पर्ने बताउनु भएको छ । पर्यटकको आकर्षक थलोको रुपमा रहेका कपिलवस्तुका बुद्धकालीन सम्पदाहरू, पुरातात्विक क्षेत्रहरूलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउँदै तराईका क्षेत्रमा नगदेबालिलाई प्राथमिकीकरण गर्नुपर्ने बताउनु भएको छ । शुद्दोधन गाउँपालिकाको प्रगतीनगरमा आयोजित दोस्रो प्रगतिनगर कृषि तथा पर्यटन महोत्सव २०८० को उद्घाटन गर्दै सभामुख घर्तीले शुद्धोधन गाउँपालिकाले कृषि र पर्यटन क्षेत्रमा गुरुयोजना बनाएर प्राथमिकताका साथ काम गर्न आग्रह गर्नुभयो । उहाले रुपन्देही र कपिलबस्तु बीचको सेतुको काम शुद्धोधन् सरकारले गर्नुपर्ने समेत धारणा राख्नुभयो ।
स्थानिय सरकार र प्रदेश सरकार बीचको समापुरक बजेटमा आयोजना तथा योजना तय गर्नुपर्ने बताउँदै सभामुख घर्तीले छपिया अनाराठ सडक र छपिया, पिपरहवा पुल, शुद्धोधन रङ्गशाला लगायतका विकास पूर्वाधार निर्माण एवम् सम्पन्नका प्रदेश सरकार सकारात्मक रहेको समेत बताउनु भयो । शुद्धोधन गाउँपालिका संरक्षकत्व, प्रगतिनगर युवा समाजद्वारा आयोजित महोत्सवमा बोल्दै गाउँपालिकामा अध्यक्ष कमलेश शरण चौधरीले महोत्सवले सिङ्गो गाउँपालिकाको प्रचारप्रसार र विकासमा कोशेढुङ्गा साबित हुने दाबी गर्नुभयो । उहाले यहाको समग्र विकासका लागि सबैको हातेमालो हुनुपर्ने उल्लेख गर्दै यहाको कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजनाबद्ध रुपमा सहयोग र लगानी गर्नुपर्ने तर्क समेत गर्नुभयो ।
उदघाटन समारोहमा गाउँपालिका उपाध्यक्ष होम प्रकाश चौधरी (लाला), वडाध्यक्ष तिलकराम यादव लगायतले बोल्दै महोत्सवले यहाको आर्थिक क्षेत्र चलायमान गराउन सहयोग सिद्ध हुने उल्लेख गर्नुभयो । प्रगतिनगर सेवा समाजका अध्यक्ष पुष्पराज अर्यालको अध्यक्षतामा रहेको कार्यक्रममा लुम्बिनी प्रदेश सभामुख घर्ती, नेकपा माओबादी केन्द्रका प्रदेश सदस्य रुद्रलाल बन्जाडे, विष्णु बेल्वासे, वाणगंगा नगरपालिका र शुद्धोधन गाउँपालिकामा जनप्रतिनिधिहरु, स्थानिय विद्यालयका प्रधानाध्यापक, समाजसेवी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । महोत्सवका निर्देशक शुसिल खत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन शुसिल गैरेले गर्नुभएको थियो।

प्रकाशित : २७ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६