अन्तर्राष्ट्रिय

भारतबाट तस्करी हुदै भित्रिएको बीउ बिजनका कारण कपिलवस्तुका एग्रोभेट ब्यवसायी मर्कामा




कपिलवस्तु २७ माघ ।भारतबाट तस्करी हुदै भित्रिएको बीउ बिजनका कारण कपिलवस्तुका एग्रोभट ब्यवसायी मर्कामा परेका छन । तस्कारहरुले भारतबाट तरकारी, धान, गहु लगायतको बीउ र बिषादीहरु भित्राउदा जिल्लाका एग्रोभेट ब्यवसायी मर्कामा परेका हुन । सस्तोमा पाईने भन्दै जिल्लाका अधिकांस कृषकहरु भारत बीउ बिजन किन्न जाने गरेका छन ।
अर्का तर्फ तस्कारहरुले पनि भारतबाटै तस्कर गरी बीउ बिजन र बिषादी बेच्दा आफुहरु मर्कामा परेको नेपाल बीउ बिउ ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रामचन्द्र मृराउले बताए । आफुहरुले बिभिन्न सरकारी निकायमा दर्ता गरी बैकमा ऋण लिएर आफनो पसल खोलको र कर समेत तिरेकोले भारत भन्दा बढी मुल्यमा सामान बेच्नु परेको उनले बताए ।तस्करहरुले अहिले तरकारीको बीउ र बिषादी भारतबाट ल्याउने गरेका छन ।

असास र साउन तिर धान र कार्तिक मंसरमा गहुको बीउ तस्करहरुले जिल्लामा ल्याएर बेच्ने गरेका छन । जिल्लामा ७० बढी एग्रोभेट रहे पनि ३० वटा मात्र संघमा आबद्ध छन ।श्रोत अनुसार तौलिहवामा दुई तीन जना दर्तावाल एग्रोभेट ब्यवसायी भारतबाट तस्कारी गरी ल्याइएका बीउ बिजन तथा बिषादी गोदाममा राखेका छन । उनीहरुले कपिलवस्तु र पहाडी जिल्लाहरुमा त्यस्ता बिउ बिजन पठाउने गरेको श्रोतको भनाई छ ।कपिलवस्तु नगरपालिका वडा नम्बर ४ महुवा स्थित मुस्कान सिडका मालिका बृज बिहारी चौधरीले भारतबाट धान र गहुको बिउको तस्कारी हुने गरकोले समेत आफनो कम्पनीले उत्पादन गरको बीउ बिक्न गाह्रो हुने गरेको बताए ।

उनले तस्कारी रोक्न प्रहरीले बिशेष कदम चाल्नु पर्ने बताए । कृषि ज्ञान केन्द्रका अधिकृत महेन्द्र ओझाले भारतीय बिउ नेपाल भित्रिदा नेपाली बीउ बिजन ब्यवसायी समस्यामा परको स्विकार गरे । उनले यो समस्या समाधान गर्न आफुहरुले प्रशासन र प्रहरीसंग समन्वय गर्ने बताए । उता प्रहरीले तस्करी गरी भित्राइएका साढे ३७ हजार मुल्यका तरकारीका बीउ मायादेबी गाउपालिका– १ पकडीमा बरामद गरेको छ । घिरौलाको बीउ ५० प्याकेट, पालक र बोडीको बीउ बीस बीस प्याकेट, भिन्डीको बीउ १० प्याकेट बरामद गरेको हो । नियन्त्रणमा लिएका बीउ कारवाहीकोलागि भन्सार कार्यालय सुठौली,कपिलवस्तुमा पठाईएको प्रहरी उपरिक्षक नवरत्न पौडेलले बताए ।

प्रकाशित : २७ माघ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६