खोज–अनुसन्धान

स्वार्थ र शक्ति केन्द्रिकृत हुदा भ्रष्टाचार मौलायो —प्रदेश प्रमुख




बुटवल, २९ माघ । बुटवलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औं स्थापना दिवश मनाइएको छ । आयोगको बुटवलस्थित प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार मुलुकको सबैभन्दा ठुलो शत्रु भएको बताएका छन् ।
मुलुक संघियतामा प्रबेश गरेको लामो समयसम्म सरकार र कर्मचारीमा केन्द्रिकृत मानसिकता कायमै रहेको उल्लेख गर्दै प्रदेश प्रमुख शेरचनले भ्रष्टाचारी कडा भन्दा कडा दण्ड सजायको ब्यबस्था गरेमा मात्र नियन्त्रण हुने तर्क गरेका थिए । भ्रष्टाचार, अनियमिता र दण्डहिनताको अन्त्यका साथै पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि तिनै तहका सरकार र कर्मचारीतन्त्रबिच सहकार्य आवश्यक रहेको समेत बताए । प्रमुख शेरचनले भने—जनप्रतिनिधी र कर्मचारीतन्त्रमा निति राम्रो भएर मात्रै पुग्दैन नियत पनि राम्रो हुनुपर्छ ।

सो अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न प्रदेश सरकारले नयाँ कार्यनिति अघि सारेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको बताए । जनप्रतिनिधीहरु र कर्मचारीमा निश्पक्षता, निर्भिकता र सदाचार अनिवार्य आवश्यक रहेको चर्चा गर्दै मुख्यमन्त्री चौधरीले भ्रष्टाचार गर्नेहरु मुलुकको समृद्धिका प्रमुख बाधक समेत रहेको उल्लेख गरेका छन् ।

यसैगरि कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले प्रशासनिक र बित्तिय संरचनाबिच समन्वय नहुदा भ्रष्टाचार, अनियमिता र आर्थिक अराजकता मौलाएको दावी गर्दै जनप्रतिनिधी र कर्मचारीमा नियत सफा हुनु आवश्यक रहेको धारणा राखेका थिए । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले भ्रष्ट्राचारका विरुद्धमा तथा सुशासनका पक्षमा लाग्नु पर्ने धारणा राखे ।

बुटवल उपमहानगरपालीकाका प्रमुख खेलराज पाण्डेले स्थानिय तहलाई अधिकार सम्पन्न र आर्थिक रुपले बलियो बनाएमा भ्रष्टाचार नियन्त्रण हुने बताए । कार्यक्रममा अख्तियारका बुटवल कार्यालयका प्रमुख राजेन्द्रकुमार पौडेलले चालु आर्थिक वर्षको माघ मध्यसम्ममा बुटवल कार्यालयमा १ हजार ३ सय ६५ उजुरी परेकोमा ५ सय ८४ फछ्र्यौट भएको जानकारी गराएका थिए । प्रमुख पौडेलले विस्तृत अनुसन्धानमा १ सय ३ रहेकोमा ४१ वटा फछ्र्यौट भएको बताएका थिए ।

प्रकाशित : २९ माघ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६