खोज–अनुसन्धान

क्याम्पस सञ्चालक समिति अध्यक्षको रोचक निर्वाचन : एमालेद्वारा सत्तारुढ गठबन्धनलाई पराजित




प्यूठान १ फागुन । प्यूठानको स्वर्गद्वारी नगरपालिका( ४ स्थित अमर क्याम्पस सञ्चालक समिति अध्यक्षको निर्वाचनमा एमाले पक्षीय उम्मेदवार विजयी भएका छन् ।एमालेबाट उम्मेदवार बनेका स्वर्गद्वारी नगरपालिकाका पूर्वमेयर नेत्रबहादुर रोकाय क्षेत्रीले स्वर्गद्वारी नगरपालिका वडा नं ४ का अध्यक्षसमेत रहेका सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सुवर्णकुमार श्रेष्ठलाई पराजित गरेका हुन् ।खसेको ५६ मध्ये ३४ मत पाएर रोकाय निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी श्रेष्ठले २० मत पाएका थिए। २ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

माडी क्षेत्रको एकमात्र अमर क्याम्पसको सञ्चालक समिति अध्यक्षमा सोमबार निर्वाचन भएको थियो । सञ्चालक समितिको अध्यक्षमा पहिलो पटक मतदान भएको स्थानीयले बताएका छन् । यसअघि सञ्चालक सर्वसम्मत नेतृत्व चयन हुँदै आएको थियो ।निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

प्रकाशित : १ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६