अर्थ-वाणिज्य

सुर्ती तथा मध्यपान न्युनिकरणकालागि बाणगंगाको प्रतिवद्धता




सीता बेल्बासे
कपिलवस्तु १ फागुन । सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपानको न्युनिकरणको लागि वाणगंगा नगरपालिकाले प्रतिवद्धाता गरेको छ । लम्विनी प्रदेश सरकार स्वास्थ मन्त्रालयको आयोजनामा मंलबार वाणगंगा नगरपालिको जितपुरमा भएको कार्यक्रमको अध्यक्ष वाणगंगा नगपालिका प्रमुख चक्रपाणि अर्यालले सुर्तीजन्य पर्दाथ तथा मध्यपानको न्युनिकरणको लागि सबैेको भुमिका महत्वपुर्ण रहेने बताउनु भयो ।सुर्तीजन्य पर्दाथ सेवन तथा मध्यपानको न्युनिकरणको लागि वाणगंगाले पहल गदै आएको बताउनु भयो । साथै उहाँले समाजमा पारेको असरले धेरै विकृति फैलिदे गएको बताउनु भयो । साथै यसको न्युनिकरणको लागि वाणगंगा नगरपालिकाले प्रतिवद्धाता जनाउदै अगाडि यस्तो भन्नु भयो ।प्रमुख प्रशासकिय अधिकृत भक्तीराम मरासिनिले बिभिन्न रितीरिवाज सगं जोडिएको हुदा आनिवानिलाई परविर्तन गदै जानु पर्ने बताउनु भयो । वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले राम्रो समाज निर्माणको लागि सुर्तीजन्य पदार्थ तथा मध्यपानको न्युनिकरण गर्नु पर्न बताउनु भयो । स्वास्थ्य प्रवर्धक विज्ञ लक्ष्मी नारायण देव र लुम्विनी प्रदेश स्वास्थ्य निर्दशनालय शिक्षा शाखा अधिकृत भरत बहादुर कुवरले नेपालको सुर्तीजन्य पदार्थ सेवन तथा मध्यपानको अबस्था हानिकार रोकथामका उपायका बारेमा पशिक्षणको माध्यमबाट जानकारी गराउनु थियो । कार्यक्रममा वडा अध्यक्षहरु,घरेलु व्यवसाय,उद्योग व्यवसाय ,महिला स्वास्थ्य सेविका सुरक्षाकर्मी पत्रकारको लगाएको सहभागि रहको कार्यक्रमको अध्यक्षता नगर प्रमुख चक्रपाणि अर्यालको रहेको कार्यक्रममाको सनचालन स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले गर्नु भएको थियो ।
फोटो ः

प्रकाशित : १ फाल्गुन २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६